सोमबारसम्म हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न – ओली

१८ असार ७८, शुक्रबार
Share this
693shares

१८ असार, काठमाडौं ।

Advertisement

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुने चेतावनी दिएका छन्।

शुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर सोमबारसम्म फिर्ता नलिए एकता नहुने चेतावनी दिएका हुन् । एमालेका माधवकुमार नेपाल पक्षका २३ जना प्रतिनिधि सभा सदस्यले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए।

Advertisement

‘हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न। कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यलाई छुट छैन। यो कुरा किमार्थ स्वीकार्य छैन। त्यसो गर्नु पार्टी फुटको घोषणा हो,’ ओलीले भने ।

ओलीले हस्ताक्षर फिर्ताका लागि दबाव दिए पनि नेपाल पक्ष सहमत भएको छैन । तर, केन्द्रीय कमिटीको बैठक राखेर हस्ताक्षर फिर्ता लिएका एमाले अध्यक्ष ओलीले कारबाही गर्ने संकेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top