एमालेको साख गिराएर ध्वस्त पार्न खोज्ने काम भइरहेको छ स् प्रधानमन्त्री ओली

१८ असार, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगतिशील शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको बताए । शुक्रवार नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्रको प्रगतिशील शक्तिलाई बदनाम गर्न र कमजोर पार्नका निम्ति अनेक खालका प्रयास भइरहेको बताए ।

उनले देशलाई अनुशासनहीन, उच्छृङ्खल र सामाजिक सभ्यताको उल्लङ्घन गरेर स्तरहीन प्रवृत्तितर्फ धकेल्न खोजिएको पनि बताए । उनले भने, ‘अनुशासन उल्लङ्घन गर्नुलाई बहादुरी ठान्ने प्रवृत्ति, त्यस्ता कुराहरूले अहिले पनि आन्दोलनको सङ्गठित तवरले घोषणा गर्ने, निषेधाज्ञा तोड्ने, उल्लङ्घन गर्ने, हामीलाई कसले के गर्न सक्छ भन्ने खालका भावना राख्ने प्रवृत्ति बढेका छन् ।

देशलाई एउटा अनुशासनहीन, उच्छृङ्खल र सामाजिक सभ्यता, मर्यादाको उल्लङ्घन गर्ने, छाडा, स्तरहीन प्रवृत्तितर्फ धकेल्न खोजिएको छ । अहिले राजनीतिक मुद्दा आफ्नो ठाउँमा छन्, राजनीतिक थलोबाट मुद्दालाई अदालततिर पठाइएको छ ।

नागरिकमा जान नदिने प्रयास भइरहेका छन् । ती प्रयास सँगसँगै अदालतलाई दबाब दिनका लागि र खासगरी प्रगतिशील शक्तिलाई बदनाम गर्नका लागि त्यसलाई कमजोर पार्न, त्यसलाई छिन्न–भिन्न पार्न अनेक प्रयास भएका छन् ।’

प्रधानमन्त्री ओलीले नेकपा एमालेलाई नागरिकको बीचमा साख गिराएर ध्वस्त पार्न लागिएको पनि बताए । उनले आफ्नै पार्टीको सरकार ढालेर प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा सरकार बनाउनका लागि संसदीय अभ्यास र दलीय अनुशासनलाई समेत उल्लङ्घन गर्ने काम भएको बताए ।

उनले भने, ‘हाम्रो पार्टीको साख नागरिकको बीचमा गिराउन खोज्ने, हाम्रो पार्टीको मर्यादा ध्वस्त पार्न खोज्ने काम हुने गरेका छन् । आफ्नो पार्टीको सरकार ढाल्ने र प्रमुख प्रतिपक्षी दलका नेतृत्वमा सरकार बनाउने जस्ता लोकतन्त्र, संसदीय अभ्यास, दलीय प्रणाली, दलीय अनुशासनको उल्लङ्घन गर्ने र अराजकताको स्थिति सिर्जना गर्ने खालका काम पनि भइरहेका छन् ।’

उनले निषेधाज्ञालाई तोडेर राजनीतिक दलहरू पुत्ला दहनमा लागेको भन्दै असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कर्तव्य पालना गरिरहेको जिकिर गर्दै राष्ट्रपति भण्डारीमाथि निकृष्ट तहमा ओर्लिएर गालीगलौज, अपमान र झुटा लाञ्छना लगाएर समाजलाई असभ्य बनाउन खोजिएको बताए ।

यसैबीच केन्द्रीय कमिटीको बैठक भोलि दिउँसो बज्ने गरी स्थगित भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top