म्याग्दीका बाढीपहिरो प्रभावितलाई ४० घर हस्तान्तरण

२० असार ७८, सोमबार

२१ असार, बेनी ।

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर हस्तान्तरण गरेको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चाबी हस्तान्तरण गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय तहहरुसँग समन्वय गरी जग्गाविहीनलाई एकीकृत बस्ती र जग्गा भएका पीडितलाई मापदण्डानुसारका प्रतिघर रु पाँच÷पाँच लाख गरी कुल रु दुई करोडको लागतमा घर निर्माण गरी हस्तान्तरण गरिएको मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओमनारायण जुग्जालीले बताए ।

Advertisement

आइतबार रघुगङ्गा गाउँपालिकामा निर्माण भएका चार वटा घर हस्तान्तरण गरिएको छ । यसअघि अन्य पाँच स्थानीय तहमा पुनःनिर्माण गरिएका घर सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गरिसकिएको छ ।

करिब छ महिनाको अवधिमा मोनाले धवलागिरि गाउँपालिकामा १४, मालिकामा १०, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा चाररचार वटा पहिरो पीडितको घर निर्माण गरी हस्तान्तरण गरिएको घर पुनःनिर्माण समितिका सदस्य दल शेरपुर्जाले जानकारी दिए ।

उहाँका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस र स्थानीय तहसँगको समन्वयमा बाढी र पहिरोपीडित लाभग्राहीको छनोट गरिएको हो । गत माघ महिनामा रघुगङ्गा गापा–५, झिँबाट शुरु भएको पुनर्वास अभियानले पीडितको घाउमा मलम लगाउने प्रयास गरिएको मोनाले जनाएको छ ।

आइतबार रघुगङ्गा गापाभित्र निर्मित चार घर मोनाका अध्यक्ष जुग्जालीले गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा नं ५ का अध्यक्ष मनबहादुर शेरपुञ्जा र वडा नं ८ का अध्यक्ष गमान छन्त्यालको उपस्थितिमा लाभग्राहीलाई हस्तान्तरण गरेका थिए ।

मोनाका अध्यक्ष जुग्जालीले प्राकृतिक विपत्तिको समयमा पीडितहरुलाई राहत र सरकारलाई समेत सहज होस् भन्ने उद्देश्यले प्रवासी म्याग्देलीहरुले पुनःनिर्माण अभियानमा सहकार्य गरेको बताए । उनले जिल्लामा प्रवासीहरुले सामाजिक क्षेत्रमा सहकार्य गर्दै आएकोमा अब छिटै नै स्थानीयस्तरमै रोजगारका अवसर सिर्जना गर्ने गरी लगानीसमेत बढाउने तयारी गरिएको जानकारी दिए।

घर हस्तान्तरण कार्यक्रममा रघुगङ्गाका अध्यक्ष भण्डारीले सरकारी तवरबाट शुरु भएको पुनःनिर्माण अभियान अगावै प्रवासी म्याग्देलीहरुको अगुवाइमा शुरु भएको पुनःनिर्माणले सार्थकता पाएकोमा धन्यवाद ज्ञापन गरेका थिए । रघुगङ्गामा गत वर्षको बाढी, पहिरोबाट पूर्ण क्षति भएका १७ लाभग्राही रहेकामा जिल्ला विपद् व्यवस्थापन समितिले १३ जना मात्रै छनोट गरेको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिले छनोट गरेकामध्ये मोनाले चार परिवारको आवास निर्माण गरिदिएको हो । छुटेका चारसहित पहिचान भएका नयाँ पीडितहरुको विवरण कायम गर्न जिल्ला प्रशासन कार्यालयमा विवरण पेश गरिएको गाउँपालिकाले जनाएको छ ।

रघुगङ्गामा निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि अनुसार नौ जना लाभग्राहीसँग सम्झौता गरी पहिलो किस्ता रु ५० हजारका दरले निकासा गरी काम अघि बढेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top