सुनको अवैध कारोबार गर्ने भारतीय नागरिक पक्राउ

सुनको अवैध कारोबार गर्ने भारतीय नागरिक पक्राउ

विराटनगर, असार १७
सुनको अवैध कारोबारमा संलग्न चार जना भारतीय नागरिक काठमाडौंमा पक्राउ परेका छन । अबैध रुपमा सुन भारततर्फ लैजादै गरेको गोप्य सुचनाको आधारमा प्रहरीले काठमाडौंको नागढुङ्गा चेक प्वाईण्टबाट ३ केजी सुनसहित ४ जना भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

भारतीय नम्बर प्लेटको कारको ईन्जिनको माथि एयर फिल्टर बक्स भित्र लुकाई राखेको अवस्थामा ३ केजी सुनसहित उनीहरुलाई हिजो पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडाैँले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले पक्राउ पर्नेहरुमा भारत उत्तराखण्डका सवारी चालक दिपककुमार मौर्य, अशोक कुमार,सन्जना साह, चन्द्रमोहन जोशी र कन्चनपुर जिल्लाका मनोज बि.क. रहेको जानकारी दिए ।

प्रहरीले सुनसहित मारुती सुजुकी अल्टो कार पनि बरामद गरेको छ । घटनाका संलग्न अभियुक्तहरुलाई ५ करोडसम्मको विगोमा ३ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.