२९ असार, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।
आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ ।
आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि जाने सम्भावना रहेको छ । नेपालले सोमबार विपक्षी गठबन्धनको छलफलमा आफू अब विपक्षी गठबन्धनमा रहिरहन नसक्ने बताएका थिए।