सबै नेपालीलाई पुग्ने खोप प्रबन्ध गरिसकेका छौं, तमासा शुरु नहोस् – ओली

२९ असार, काठमाडौँ ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली जनतालाई पुग्नेगरी कोरोना संक्रमणविरुद्धको खोप आपूर्तिको प्रबन्ध गरेको बताएका छन् ।

पदबाट बाहिरिने क्रममा देशबासीको नाममा सम्बोधन गर्दै ओलीले सन् २०२१ भित्र धेरै नेपालीलाई खोप लगाउने व्यवस्था गरिएको बताएका हुन् । उनलले भने ‘सबै नेपाली जनतालाई खोपको अवस्थामा पुर्याएका छौँ।

Advertisement

खोपको उत्पादक होइन। छोटो समयमा खोपको व्यवस्था गरेका छौँ ।’ एक करोड ५० लाख डोज खोप सहुलियत मूल्यमा किन्ने प्रक्रिया जारी रहेको उनको भनाई थियो ।

उनले थपे ‘भरेदेखि पहिले नै लगाइएका खोपको फोटो राखेर हामीले ग¥यौं भन्न थाल्नेछन् । तमासा शुरु हुनेछ । तर म प्रचार होइन काममा विश्वास गर्छु, जनतालाई खोपको प्रबन्ध गरेर जाँदैछु ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top