२९ असार, काठमाडौं ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधवार मात्रै बालुवाटार छाड्ने भएका छन् । एमालेकै भातृ सङ्गठन युथ फोर्सले आजै ओलीलाई स्कर्टिङ गरेर सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट लैजाने भनेको थियो ।
तर ओलीका प्रेस संयोजक रामशरण बजगाईँले भने आज तयारी नपुगेकाले ओलीले भोलि बिहानमात्रै बालुवाटार छाड्ने जानकारी दिए ।
बालकोटमा रहेको निवासमा तयारी गर्नुपर्ने र बालुवाटार छाड्ने पनि तयारी गर्नुपर्ने भएकाले भोलि बिहान मात्रै उनी बालकोट जाने बजगाईँले जानकारी दिए ।