चीन र अमेरिकाको प्रतिस्पर्धाले पूर्वी एसियालाई खतरा स् जापान

२९ असार ७८, बुधबार

२९ असार, एजेन्सी ।

जापानले ताइवानको आसपास बढिरहेको सैनिक तनावका साथै अमेरिका र चीनबीच चलिरहेको आर्थिक र प्राविधिक प्रतिस्पर्धाका कारण पूर्वी एसियाको शान्ति र स्थिरतामा खतरा पुगेको बताएको छ ।

रक्षा क्षेत्रको स्थितिमाथि जारी गरिएको वार्षिक श्वेत पत्रमा जापानले यस क्षेत्रमा शक्ति सन्तुलन चीनतर्फ झुकेकाले पूर्वी एसियाको शान्ति र स्थिरतामा खतरा पुगेको बताएको हो ।

जापानले निकालेको श्वेत पत्रमा ताइवानका बारेमा भनिएको छ, ‘खतरा पहिलेभन्दा निकै बढेकाले हामी सतर्क रहन आवश्यक छ । अमेरिका–चीन तनावमा विशेषगरी प्राविधिक क्षेत्रमा प्रतिस्पर्धा अझ गाढा हुने जापानको भनाइ छ ।’

मङ्गलवार जापानका प्रधानमन्त्री योशिहिदे सुगाको सरकारले यस रक्षा दस्तावेजलाई मन्जुरी दिएको हो ।

जापानी द्वीप समूहको पश्चिमी भागमा ओकीनावा द्वीपको शृङ्खला छ र यो ताइवान नजिक पर्ने हुँदा ताइवानको आसपास चीनको सैनिक गतिविधिका कारण जापानको समस्या बढेको छ ।

चीनका राष्ट्रपति सी जिनपिङले यही महिना ताइवार चीनको एकीकरणलाई पूरा गर्नेमा आफ्नो प्रतिबद्धता दोहोरेयाएका छन् ।

गएको जुनमा अमेरिकाले चीन र ताइवानलाई छुट्याउने ताइवानको खाडीमा एक युद्धपोत पठाएपछि सी जिनपिङले अमेरिकाको आलोचना गरेका थिए ।

जापानका उपप्रधानमन्त्री र अर्थ मन्त्री तारो आसोले यही महिनाको भाषणमा ताइवानमाथि आक्रमण हुने स्थितिमा उसलाई बचाउनका लागि जापान र अमेरिकाले मिलेर कदम उठाउनुपर्ने बताए ।

यद्यपि चीनले यस भनाइको आलोचना गरेको थियो, त्यसपछि तारो आसोले ताइवानलाई लिएर कुनै पनि विवाद वार्ताको माध्यमबाट सुल्झ्याउनुपर्ने बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top