आफैले कञ्चटमा गोली हानी सिपाहीले गरे आत्महत्या

आफैले कञ्चटमा गोली हानी सिपाहीले गरे आत्महत्या

३० असार, जनकपुर ।
जलेश्वरस्थित श्रीरणभीम गण प्रकौलीमा कार्यरत एक जना सिपाहीले अफ्नै कञ्चटमा गोली हानी आत्महत्या गरेका छन्।

बुधवार बिहान रामेछाप जिल्ला लिखु गाँउपालिका वडा नम्बर ५ घर भई हाल रणभीम गण प्रकौली “ख” गुल्म दरबन्दीमा रहेका पेरीमिटर पोष्टमा ड्युटीमा रहेका सिपाही अमिर तामाङले आफ्नै कञ्चटमा गोली हानी आत्महत्या गरेका हुन्।

कम्प्युटर कोड नं.२८८८६१ रहेको २३ वर्षीय सिपाही तामाङले आफैले बोकेको ५.५ मिनी इन्सास हतियारबाट आफ्नै दाँया कन्चटमा गोली प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ।

घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। रामेछापबाट मृतकका परिवारजन आएपछि शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि अस्पताल पठाइने प्रहरी नायब उपरीक्षक विष्टले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.