घर पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु

घर पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु

रोल्पा, असार १८

पहिराेले घर पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु भएको छ । रुन्टिगढी गाउँपालिका– ५ सैवाङमा घर पुरिँदा भान्सामा आगो तापेर बसेका तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १८ दिनकी सुत्केरी २२ वर्षीया कमला विश्वकर्मा, उनकी १८ दिनकी छोरी र जेठाजुको छोरी १५ वर्षीया चित्रा विश्वकर्मा रहेका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

तीनैजनाको शव परीक्षणका लागि होलेरी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । घट्नास्थल सदरमुकाम लिवाङबाट दुई दिनको पैदल दूरीमा पर्छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.