चालु आर्थिक वर्ष सकिन १५ दिन बाँकी हुँदा पूँजीगत खर्च ५३ प्रतिशत मात्रै

काठमाडौँ, असार  १८

चालु आर्थिक वर्ष सकिन १५ दिन बाँकी हुँदा पूँजीगत खर्च ५३ प्रतिशतमात्र भएको छ । विकास निर्माणका कार्यले गति लिन नसक्दा विकास खर्चले अपेक्षित गति लिन नसकेको हो । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको यस अवधिमा रु तीन खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार पूँजीगत खर्च हुने लक्ष्य लिएकामा रु एक खर्ब ७८ अर्ब ४५ करोड १२ लाख पाँच हजारमात्र खर्च भएको छ । यो लक्ष्यको ५३.२४ प्रतिशतमात्र हो ।

त्यस्तै वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ४० अर्ब २८ करोड ७४ लाख ३१ हजारको लक्ष्य लिइएकामा रु ८३ अर्ब ७९ करोड ९२ लाख ८८ हजार अर्थात् ५९.७३ प्रतिशत खर्च भएको छ । अर्थमन्त्रालयले वित्तीय व्यवस्थातर्फको खर्चलाई पनि पूँजीगत खर्चकै रुपमा लिने गरेकाले विकास खर्च केही बढी हुनेछ । यस अवधिमा चालु खर्च भने ८०.६३ प्रतिशतको प्रगति भएको छ । यस अवधिमा रु आठ खर्ब तीन अर्ब ५३ करोड ३६ लाख ५४ हजारको लक्ष्य लिइएको थियो । कार्यालयअनुसार यही असार १७ गते अर्थात् आइतबारसम्म रु छ खर्ब ४७ अर्ब ९२ करोड २९ लाख ७१ हजार चालु रकम खर्च भएको छ ।

Advertisement

यस अवधिमा रु सात खर्ब ३० अर्ब पाँच करोड ५५ लाख ७० हजार राजश्व संकलनको लक्ष्य लिइएकामा ८९.९१ प्रतिशत अर्थात् रु छ खर्ब ५६ अर्ब ४१ करोड १४ लाख ९७ हजार राजश्व संकलन भएको छ । विकास निर्माण कार्य रु एक अर्ब ३८ करोड २७ लाख पाँच हजार दैनिक खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा शुरुका दिनमा भन्दा आर्थिक वर्षको अन्तिम महिना तथा अन्तिम दिनतिर खर्च गर्ने चटारो हुने गरेको छ ।

देशको खर्च प्रणालीलाई सुधार गर्नका लागि चालु आवमा खर्च गर्ने प्रणालीको नियमित अनुगमन गर्ने भने पनि सुधार नभएको देखिएको छ । बजेट कार्यान्वयनकै विषयलाई लिएर सरकारले चालु आवभन्दा अघि अर्थात् वैशाख १५ गते बजेट सार्वजनिक गर्ने र आवको शुरु भएको दिनदेखि नै कार्यान्वयनमा लैजाने पद्धतिको विकास गरेको थियो । सोही पद्धतिअनुसार बजेट विनियोजन हुने र कार्यान्वयनमा पठाइएको भनिए पनि नतिजामा भने पुरानै पद्धति देखिएको तथ्यले पुष्टि गरेको छ ।
रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top