जनप्रतिनिधि र ठेकेदारको मिलेमतोमा असारे विकासको प्रवृत्ति मौलाउँदै

३१ असार, काठमाडौं ।

कानुनी व्यवस्थाको धज्जी उडाउँदै विकास बजेटको एक तिहाइभन्दा बढी रकम असार मसान्त महिनामै खर्च भइरहेको छ ।

जनताबाट चुनिएका जनप्रतिनिधिदेखि राजनीतिक दलका नेता, कर्मचारी र ठेकेदारको मिलेमतोमा असार महिनामा विकास बजेट सकाउन असारे विकासको प्रवृत्ति मौलाउँदै गएको छ ।

प्रदेश २ सरकार स्थापना भएको चार वर्षको अवधिमा विकास बजेटको दोहन असार मसान्तमा अत्यधिक हुने गरेको पाइएको छ । चालू आर्थिक वर्ष २०७७÷०७८ मा सरकारले पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको थियो ।

यसमध्ये ज्येष्ठ मसान्तसम्म ५ अर्ब ६७ करोड ७७ लाख ६८ हजार रुपैयाँमात्रै खर्च भएको छ । यो रकम २०७७ साउनदेखि २०७८ जेठ मसान्तसम्मको कुल बजेटको करिब एक तिहाइ पनि पुग्दैन ।

तर असार मसान्तमा मात्रै १२ अर्ब ३२ करोड ५२ हजार रुपैयाँ खर्च गरिएको छ । यो रकम ११ महिनामा खर्च भएको रकमको झन्डै दुई तिहाइ हो । खर्च भएको मध्ये एक तिहाइ हिस्सा अर्थात् झन्डै ६९ प्रतिशत असार मसान्तमा खर्च भएको हो ।

गत आर्थिक वर्ष २०७६÷०७७ मा वर्षभरिको कुल पुँजीगत खर्चमध्ये ४६.९५ प्रतिशत बजेट असार मसान्तमा मात्रै खर्च गरिएको थियो । त्यो वर्षको ११ महिना (२०७६ साउनदेखि २०७७ जेठ) सम्म कुल १९.८१ प्रतिशत मात्रै खर्च गरिएको थियो । यसरी कुल बजेट १७ अर्बमध्ये असार महिनामा मात्रै पुँजीगत बजेटको ८ अर्ब २३ करोड ८० लाख ७० हजार खर्च भएको थियो ।

आर्थिक कार्यविधि ऐन २०५५, आर्थिक कार्यविधि नियमावली २०६४ र व्यवस्थापिका संसद्मा महिनौं छलफल गरी कानुन सरह पारित बजेटका व्यवस्थाको उल्लंघन गरी असार मसान्तमै अत्यधिक खर्च गरिएको छ ।

आर्थिक वर्ष २०६८÷०६९ को बजेटले यो विकृति रोक्न पुँजीगत खर्चमध्ये अन्तिम चौमासिक चैतदेखि असारसम्म ४० प्रतिशत र असार महिनामा मात्रै २० प्रतिशतभन्दा बढी खर्च नपाउने व्यवस्था छ । विगतका हरेक वर्षमा यो व्यवस्थाको व्यापक रूपमा उल्लंघन भएको पाइएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top