पूर्वी भारतमा चट्याङबाट पाँचको मृत्यु, १२ जना घाइते

१८ असार ७५, सोमबार
Share this
770shares

नयाँ दिल्ली, असार १८

Advertisement

पूर्वी भारतीय राज्य बिहारमा चट्याङमा परी पाँच व्यक्तिको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् ।

सरकारी अधिकारीहरुले सोमबार यस दुर्घटना र हताहतको पुष्टि गरेका छन् । विहार राज्यको आरङ्गवाद जिल्लामा चट्याङ्बाट यो क्षति पुगेको हो ।

Advertisement

आरङ्गावाद जिल्लाको एक स्थानीय घाटमा अन्त्येष्टिका लागि आइतबार करीब २० जना व्यक्ति जम्मा भएको स्थानमा चट्याङ परेको भारतको प्रकोप व्यवस्थान विभागका एकजना अधिकारीले जानकारी दिएका छन् ।

पाँच व्यक्तिको दुर्घटनास्थलमा मृत्यु भएको थियो । घाइतेहरुलाई स्थानीय अपस्पतालमा उपचारका लागि भर्ना गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top