मध्यरातमा लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य

१ साउन ७८, शुक्रबार

१ साउन, काठमाडौं ।

Advertisement

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्त्य गरिएको छ ।

बजेट पारित हुन नसकेपछि मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले बिहीबार मध्यरातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेका हुन् ।

Advertisement

धारा १८३ को उपधारा २ बमोजिम बिहीबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको प्रदेश प्रमुखको कार्यालय प्रवक्ता चिरन्जिवी पौडेलले जानकारी दिए ।

लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा छन् । बिहीबार बजेट पारित हुन नसकेपछि मुख्यमन्त्री पोखरेल नै संसद बैठक छाडेर हिंडेका थिए । अब सरकारले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top