३ साउन, काठमाडौं ।
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । बैठकले पार्टी एकताका लागि कार्यदलले बुझाएको प्रतिवेदन अनुमोदन गर्दै कार्यदल भंग गरेको थियो ।