३ साउन, एजेन्सी ।
कोरोना विरुद्धको खोपको दुवै डोज लगाएका बेलायतका स्वास्थ्य मन्त्रीलाई कोरोना सङ्क्रमण भएको छ।
स्वास्थ्य मन्त्री साजिद जाविदलाई सङ्क्रमण भएको हो । उनले आफूलाई सामान्य लक्ष्यण देखिएको र आइसोलेशनमा बसेर घरबाटै काम गर्ने बताएका बीबीसीले जनाएको छ ।
अस्ति साजिदले प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटवार्ता गर्नु भएको थियो । प्रधानमन्त्री जोन्सन आइसोलेशनमा बस्ने वा नबस्ने स्पष्ट भएको छैन ।
बेलायतमा पछिल्लो केही दिनयता सङ्क्रमण फेरि बढ्दै गएको छ । पछिल्लो दुई दिन लगातार ५० हजार नयाँ सङ्क्रमित थपिएका छन् ।