जसपाको आधिकारिकता विवादमा आजदेखि सुनुवाइ हुँदै

३ साउन, काठमाडौं ।

Advertisement

जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता विषयमा निर्वाचन आयोगको इजलासमा आजदेखि सुनुवाई हुँदैछ ।

पार्टीको आधिकारिकता विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धि ऐनको दफा ४३–४४ अन्तर्गत सुनुवाइ हुन लागेको हो । आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरुको ५ सदस्यीय इजलास गठन गरेको छ ।

Advertisement

ऐनका अनुसार दुवै पक्षले आफ्नो आधिकारीकता दावी गर्न कानून व्यवसायीलाई इजलासमा बहस गराउन सक्नेछन् ।

आयोगले यसअघि दुवै पक्षलाई मेलमिलापका लागि बोलाए पनि उनीहरु राजी नभएपछि इजलासबाट निरुपण प्रक्रिया अघि बढाएको हो ।

Advertisement

यादव पक्ष केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलमा बहुमतमा देखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top