एमालेबाट निर्वाचित वडाध्यक्ष सहनी लागुऔषधसहित समातिए

३ साउन ७८, सोमबार

४ साउन, वीरगंज ।

Advertisement

पर्सा प्रहरीले लागु औषध खैरो हिरोइनसहित नेकपा एमालेबाट निर्वाचित एक वडा अध्यक्षलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले वीरगंज महानगरपालिका वडा नं. १९ बर्वास्थित तिलाव पुल नजिकको सडकबाट आइतबार राती १०ः३० बजे पकहा मैनपुर गाउँपालिकाको वडा नं. १ का वडा अध्यक्ष अम्बिका सहनीलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

वडाध्यक्ष सहनी चढेको ना १ ब ३५९५ नम्बरको सरकारी पल्सर मोटर साइकलको फिल्टर बक्सबाट ७९ ग्राम खैरो हिरोईन जस्तो देखिने बस्तु फेला परेकोले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए ।

यस्तै, उनको पछाडी संग सगै आएको ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँको बलिष्टर सहनी र राम आदेश सहनी समेतलाई नियन्त्रणमा लिइएको प्रवक्ता खनालले जानकारी दिए ।

Advertisement

पक्राउ परेका बलिष्टर सहनी पकहा मैनपुर गाउँपालिका वडा नं. १ कै वडा सदस्य हुन भने अर्का आदेश सहनी पनि वडाध्यक्ष सहनीको नजिकको व्यक्ति भएको बुझिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top