आज यी नदीमा आउनसक्छ बाढी

आज यी नदीमा आउनसक्छ बाढी

४ साउन, काठमाडौं ।

मनसुनी वर्षा जारी रहेकाले देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढिरहेको छ।

सोमबार बाढी पूर्वानुमान महाशाखाले कहाँ–कहाँ बाढीको जोखिम छ भनेर सूचना दिएको छ । महाशाखाका अनुसार आज महाकाली,कर्णाली,नारायणी,कोशीका सहायक नदीहरु भेरी, मर्स्यााङ्दी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, भोटेकोशी, तामाकोशी लगायत तिनाउ, बबई जलाधारका नदीहरुमा बहाव बढ्न सक्ने सम्भावना रहेको छ ।

साथै, नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.