फ्लोर क्रस गर्ने एमालेका २२ सांसदले स्पष्टीकरणको जवाफ दिने

७ साउन, काठमाडौँ ।
नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । आजै संसदीय दलको कार्यालयमा पुगेर स्पष्टीकरणको जवाफ दिने स्पष्टीकरण मागिएका सांसद विरोध खतिवडाले जानकारी दिए ।

Advertisement

गत सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको थियो । सोहीअनुसार मत दिएका सांसदहरुलाई बुधबार स्पष्टीकरण पत्र पठाइएको थियो ।

स्पष्टीकरण माग गरिएको पत्रमा विश्वासको मतबारे केही उल्लेख नगरी पार्टी निर्णयविपरीत विपक्षी गठबन्धनमा सामेल भएको, पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेकोलगायतका विषयको जवाफ माग गरिएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top