भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिने

८ साउन, काठमाडौं ।
नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिने भएका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसँग भएको भेटवार्तापछि रावल संसद सचिवालयमा बुझाएको राजीनामा पत्र फिर्ता लिन राजी भएका हुन्।

Advertisement

उनले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि सांसद पदबाट राजीनामाको घोषणा गरेका थिए। बुधबार बेलुकी वरिष्ठ नेता नेपालसँगको भेटपछि उनले एकताका लागि फेरि प्रयत्न गर्ने र राजीनामाबारे पनि फेरि सोच्ने बताएका थिए।
यसबीचमा ओलीसँग पनि भेटवार्ता भएपछि रावल राजीनामा पत्र फिर्ता लिन राजी भएका हुन्।

संसद सचिवालयमा राजिनामा बुझाएपनि नेता रावलको राजिनामा पत्र अघि नबढेको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top