भीम रावलले फिर्ता लिए सांसद पदबाट दिएको राजीनामा

भीम रावलले फिर्ता लिए सांसद पदबाट दिएको राजीनामा

८ साउन, काठमाडौँ ।
एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । उनले शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् ।

रावलले आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको बताएका छन् ।उनले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि सांसद पदबाट राजीनामाको घोषणा गरेका थिए।

बुधबार बेलुकी वरिष्ठ नेता नेपालसँगको भेटपछि उनले एकताका लागि फेरि प्रयत्न गर्ने र राजीनामाबारे पनि फेरि सोच्ने बताएका थिए।यसबीचमा ओलीसँग पनि भेटवार्ता भएपछि रावल राजीनामा पत्र फिर्ता लिन राजी भएका हुन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.