सोलार नेपाल पहलको आरम्भ

७ साउन ७८, शुक्रबार

८ साउन, काठमाडौँ ।
काठमाडौँ विश्वविद्यालयको नवीकरणीय र दिगो ऊर्जा ल्याबोरोटरी (आरइएसएल) द्वारा सोलार नेपाल पहलको आरम्भ गरेको छ ।

भर्चुअल माध्यमबाट शुभारम्भ गरिएको यस पहलको उद्देश्य ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालाको सहकार्यमा सौर्य ऊर्जाको प्रवद्र्धन गराई नेपालको अर्थतन्त्रलाई न्यून कार्बन हरित अर्थतन्त्र बनाउने रहेको छ ।

आरइएसएलका प्रमुख सहप्राध्यापक डा सुनिलप्रसाद लोहनीले नेपालको ऊर्जा क्षेत्रमा दिगो ऊर्जा मिश्रणको आवश्यकतामा जोड दिँदै नेपालले विद्युत् उत्पादनका लागि जलस्रोतको विकल्प सौर्य ऊर्जा हुनसक्ने बताए । नेपालमा जलविद्युत् र सौर्य ऊर्जाको प्रशस्त सम्भावना रहेको र यी दुवै प्रतिस्पर्धी नभई पूरक प्रविधि भएकाले ठाउँ र अवस्थाअनुसार उपयोग गर्नेतर्फ सरकार, निजी लगानीकर्ताले ध्यान दिनुपर्ने उनँको सुझाव छ ।

सो अवसरमा स्वतन्त्र विद्युत् उत्पादक सङ्घ (इपान) नेपालका कार्यकारी सदस्य कुवेरमणि नेपालले नेपालमा ऊर्जा क्षेत्रमा नीतिगत अस्पष्टता रहेको र सौर्य ऊर्जाका उपकरणको परीक्षण गर्ने पूर्वाधार नभएको बताए । नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालले सम्बन्धित एजेन्सीले प्रविधि विकासमा जोड दिएमा ऊर्जा मिश्रणमा कम्तीमा २० प्रतिशत सौर्य ऊर्जाको लक्ष्य प्राप्त गर्न सकिने बताउँदै सोलार नेपालमा आबद्ध हुने प्रतिबद्धता जनाए ।

नेपाल सौर्य विद्युत् उत्पादक सङ्घका अध्यक्ष इन्द्र खनालले आपत्कालीन अवस्थामा ऊर्जा उत्पादनका लागि सौर्य ऊर्जा एक मात्र भरपर्दो विकल्पसमेत रहेकाले यसलाई मुख्य ऊर्जा स्रोतको रुपमा लिनुपर्ने धारणा राखे । काठमाडौँ विश्वविद्यालय स्कूल अफ इञ्जिनीयरिङका डिन प्रा डा मनिष पोखरेल, नेपाल विज्ञान तथा प्रविधि एकेडेमी (नाष्ट) का वरिष्ठ वैज्ञानिक डा सुरेशकुमार ढुङ्गेल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका उपकार्यकारी निर्देशक नवराज ढकाल, प्राडा रमेशकुमार मास्के र प्रा डा अमृतमान नकर्मीले पनि सोलार नेपाल पहलको आवश्यकता र यसले सम्पादन गर्ने कार्यका बारेमा विभिन्न सुझाव दिनुभएको थियो ।

सोलार नेपाल पहलमार्फत नेपालको वर्तमान ऊर्जा र आर्थिक मिश्रणमा सौर्य ऊर्जा र यसको प्रणालीलाई एकीकृत गर्ने लक्ष्य राखिएको सो अवसरमा जानकारी दिइयो । वेबिनारमा विभिन्न क्षेत्रका १३० भन्दा धेरै सहभागिता रहेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top