सुजिता भण्डारी मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा ठुलो बुबाका छोरा पक्राउ

८ साउन, चितवन ।
राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको मृत्युको घटनामा प्रहरीले दाइ नाता पर्ने एकजनालाई पक्राउ गरेको छ । चितवन प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै दाइ नेता पर्ने सचिन भन्ने २३ वर्षीय सुकदेव भण्डारीलाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिएको हो ।

चितवन प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएपछि भण्डारीलाई पक्राउ गरिएकोे जानकारी दिए ।

सुजिताले सुकदेवलाई विवाह गर्न दबाब दिएको समेत अनुसन्धानबाट खुलेको छ । तर, आफ्नै काकाको छोरीलाई विवाह गर्न सामाजिक र नैतिक हिसावमा नमिल्ने भन्दै सुकदेवले इन्कार गरेको खुलासा भएको प्रहरीले जनाएको छ । आफूसँग विवाह नगरे आत्महत्या गर्ने भन्दै सुजितो बारम्बार धम्की दिने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता र सुकदेवका बुवा दाजुभाइ हुन् ।

त्यसअघि पनि नजिकको नातामा सम्बन्ध अघि नबढाउन परिवारले दुवैलाई जनालाई पटक–पटक आग्रह गरेको कुरा पनि खुल्न आएको छ । परिवारले अस्वीकार गर्ने देखेर विवाह गर्ने र त्यसपछि अपहरणमा परेको नाटक गरी लुकेर बस्ने बारे दुई जनाबीच कुराकानी समेत भएको पनि खुलेको छ ।

शुरुमा परिवारले सुजिताको अपहरण भएको भन्दै प्रहरीमा जानकारी गराएका थिए । असार २० गते ब्रह्मास्थानी सामुदायिक वनको भीरको खोल्सामा सुजिताको शव भेटिएको थियो । सुजिता असार ११ गते बिहानबाट हराएकी थिइन् । शव भेटिएपछि स्थानीयले दोषीलाई पत्ता लगाउनुपर्ने माग गर्दै राजमार्ग अवरुद्ध र प्रदर्शन समेत गरेका थिए ।

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top