देउवालाई गिरिजाप्रसादको जस्तै छवि बनाउने अवसर आयो : हरिबोल गजुरेल

७ साउन ७८, शुक्रबार

८ साउन, काठमाडौँ ।
नेकपा(माओवादी केन्द्र)का सांसद हरिबोल गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालको जस्तै छवि बनाउने अवसर आएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गजुरेलले नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले नेपाली राजनीतिमा राम्रो छवि बनाएर गएको उल्लेख गर्दै वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि त्यो अवसर आएको बताएका हुन् ।

उनले देउवा पटक पटक प्रधानमन्त्री भएकाले विगतका अनुभवहरुको समिक्षा गर्दै राष्ट्रलाई नयाँ दिशामा लानका लागि पनि अनुरोध गरे । संविधानको रक्षा र संविधानको संशोधन गर्नका लागि वर्तमान सरकारले अग्रणी भुमिका खेल्नेमा उनले विश्वास व्यक्त गरे । उनले भन्नुभयो – ‘उहाँले अब फेरी गिरिजाप्रसाद कोईरालाले जो छवि बनाएर जानुभयो । त्यो छवि उहाँले कायम गर्नुपर्छ । इतिहासको समिक्षा गरेर कहाँ कहाँ त्रुटी भए, उहाँ पटक पटक प्रधानमन्त्री हुनुभयो, धेरै अनुभवपनि छ । समिक्षा गरेर यो राष्ट्रलाई नयाँ दिशातिर लानका लागि र यो संविधानको रक्षाको लागि र संविधानलाई अझ पुर्णता दिनको लागि यसको कतिपय प्रावधानहरु जो अहिले हामी आवश्यकता महशुस गरिरहेका छौँ त्यसलाई संशोधन गर्नका लागि पनि उहाँको अग्रणी भुमिका हुनेछ ।’

सांसद गजुरेलले संघीयताको गलत अभ्यास भएको भन्दै संविधानको मर्म अनुसारको संघियताको अभ्यास हुनुपर्नेमा जोड दिए। उनले वर्तमान सरकारको कार्यकालमा शान्ति प्रक्रियाका बाँकी कामहरु पुरा हुनेमा अपेक्षा गरिएको पनि बताए । उनले भने – ‘संघीयता अहिले उपहास भएको छ । के संघीयता छ ?, अहिले संघीयता अभ्यास भइराखेको छ ? बनावटी संघीयता अभ्यास भइरहेको छ ? बनावटी संघीयता अभ्यास भइरहेको छ । बास्तविक संविधानको मर्म अनुसारको संघीयताको अभ्यास हुनुप¥यो । र शान्ति प्रक्रियाका बाँकी कामहरु जो लम्बिदै गएका छन् । यसलाई टुंग्याउनुप¥यो । उहाँको यो कार्यकालमा नेपाली जनताले यी कुराहरु अपेक्षा गरेका छन् । र सुशासन र भ्रष्टाचारमुक्त समाजको अपेक्षा गरेका छन् । भ्रष्टाचारका धेरै कुराहरु उठे । कुशासनका धेरै अभ्यासहरु भए त्यसलाई फेरी ट्रयाकमा ल्याउनको लागि उहाँलाई सफल हुनुहोस् ।’

उनले जनताले सुशासन र भ्रष्टाचारमुक्त समाजको अपेक्षा गरेको उल्लेख गर्दै सरकारले भ्रष्टाचार र कुशासनको अन्त्य गर्नुपर्ने बताए ।

भर्खरको समाचार

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

सम्बन्धित समाचार

Scroll to Top