विप्लव र महन्थ ठाकुरबीच भेटवार्ता

विप्लव र महन्थ ठाकुरबीच भेटवार्ता

९ साउन, काठमाडौं ।
नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

ठाकुरलाई भेट्न शनिबार विप्लव र नेता खड्गबहादुर विश्वकर्मा उनको निवासमा पुगेका थिए । भेटमा समसामयिक राजनीतिको विषयमा छलफल भएको जनाइएको छ । विप्लवले पछिल्लो हप्ता विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिरहेका छन् ।

उनले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, डा। बाबुराम भट्टराई, कमल थापा, मोहन वैद्य लगायतका नेताहरुसँग भेटघाट गरिसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.