अफगानिस्तानमा हवाई आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु, १७ जना घाइते

९ साउन, एजेन्सी ।

सुरक्षाकर्मीहरुको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सवै जना तालिबान लडाकूहरु रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरुले पुष्टि गरेका छन् ।घटनामा परी अरु १७ जना घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार दुई प्रान्तमा घटना भएको जनाइएको छ ।

देशको उत्तरी क्षेत्रमा पर्ने जावज्जान प्रान्तमा १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए ।मुर्घाब र हसानमा रहेको तालिबान लडाकूहरुको आश्रयस्थललाई लक्षित गरेर सुरक्षाकर्मीहरुले हवाइ आक्रमण गरेका थिए ।त्यसैगरी हेल्मन्ड प्रान्तको लश्कर गाहमा पनि सुरक्षाकर्मीहरुले हवाई आक्रमण गरेका थिए । घटनास्थलबाट सुरक्षाकर्मीहरुले सवारी साधनहरु, बंकर, विस्फोटक पदार्थलगायतका लडाकूहरुले प्रयोग गर्नेगरेको सामग्रीहरु पनि बरामद गरेका छन् ।

लामो समयदेखि आन्तरिक द्वन्द्व चलिरहेको अफगानिस्तानमा द्वन्द्व अन्त्यका लागि प्रयासहरु भइरहेपनि टुंगीन सकेको छैन । द्वन्द्वका कारण अहिलेसम्म अफगानिस्तानमा हजारौको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top