भक्तपुरमा बालविवाह रोक्न समुदाय परिचालन गरिने

८ साउन ७८, शनिबार

९ साउन, मध्यपुरथिमि ।
भक्तपुर नगरपालिकाले बालविवाह अन्त्य गर्न समुदाय नै परिचालन गर्ने भएको छ । नगरपालिकाले आज आयोजना गरेको बालविवाह अन्त्यका लागि समुदाय परिचालन विषयक अन्तक्र्रियामा सहभागीहरूले अहिले पनि बालविवाह नघटेकाले समुदाय नै परिचालन भएर जानुपर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर अध्यक्ष नारायणबहादुर दुवालले बालविवाह रोक्न सिङ्गो समुदाय परिचालन हुनुपर्ने बताए । अधिवक्ता अनिता जधारीले विसं २०७५ अगाडि १८ वर्षपछि मात्र बिहे गर्नेमा २०७५ पछि २० वर्षपछि मात्र बिहे गर्नुपर्ने प्रावधान नेपालको कानूनमै उल्लेख भएको बताए । उनले २० वर्ष अगाडि बिहे गर्दा जन्मने बच्चाको नागरिकता नपाउने, सामाजिक तथा कानूनी अधिकारबाट बञ्चित हुनुपर्नेजस्ता समस्या आइपर्ने बताए ।

उनले बालविवाह गरेमा दुवै पक्षले कानूनी सजाय पाउने बताउँदै कोभिड–१९ कै महामारीका कारण नयाँ प्रविधि अनलाइन कक्षाका कारणले विभिन्न सामाजिक सञ्जालको माध्यमबाट विभिन्न खालका असामान्य र अव्यवहारिक अश्लिल गतिविधि बढ्दै गरेको बताए ।

उनले सामाजिक सञ्जालको माध्यमबाट शारीरिक तथा मानसिक दुव्र्यवहारहरूले बढेको, यौन दुव्र्यवहारको शिकार र परिवार र नजिक सम्बन्धभित्रकै व्यक्तिबाट यौन दुव्र्यवहार हुने गरेको बताए । कार्यक्रमका वक्ताहरूले वडा कार्यालयले समुदायलाई बालविवाह रोक्न परिचालन गर्नुपर्नेमा जोड दिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top