सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा शुरु

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा शुरु

९ साउन, काठमाडौं ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक शुरु भएको छ । बैठकमा मन्त्रिपरिषद विस्तार, गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।

सरकार गठन भएको एक हप्ता भन्दा बढी समय भइसकेको र प्रधानमन्त्रीले विश्वासको मत लिइसकेको अवस्थामा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.