ओडारमा भेटिए २२ नाल भरूवा बन्दुक

११ साउन ७८, सोमबार

११ साउन, बागलुङ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले वेवारिसे अवस्थामा २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरी चौकी बुङगादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको हो ।

Advertisement

बागलुङको तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओडारमा एक नाले भरुवा बन्दुक १२ नाल र तमानखोला–३ मार्के खोलाको ओडारमा एक नाले १० नाल बन्दुकहरु फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए।

प्रहरीले भरुवा बन्दुक सहित स्थानीयलाई पक्राउ गर्दै आएपछि स्थानीयले डराएर ओडारमा लुकाइ राखेको हुन सक्ने प्रहरीको भनाई छ । यस बारेमा थप अनुसन्धान थालिएको हवारीको भनाई छ

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top