×

NEPAL TIMES UPDATES

Playing
युएईले ६० वर्षपछि छाड्यो ओपेक र ओपेक+,के अब तेलको मूल्य घट्नेछ ?|| Nepal Times
Apr 29, 2026
Playing
कोशीमा पनि सुकुम्बासी व्यवस्थापन गरिने, भत्काउनु अघि पहिचान गर्ने|| Nepal Times
Apr 29, 2026
Playing
आज भी*षण हा*वाहुरी, देशभर चट्या*ङसहित पानी पर्ने, यी प्रदेशमा ‘भारी वर्षा’|| Nepal Times
Apr 29, 2026
Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026
Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026

तराई–मधेश क्षेत्रको समृद्धिको आधार बन्दै हुलाकी राजमार्गको ‘फिदर रोड’

११ श्रावण २०७८

११ साउन, सप्तरी ।
हुलाकी राजमार्ग आयोजनाअन्तर्गत निर्माण भएका मुख्य र सहायक सडक तराई–मधेश क्षेत्रको सम्बृद्धिकै आधार बन्न थालेका छन् । पूरै आयोजना सम्पन्न भए पनि राजमार्ग र सहायक सडक (फिदर रोड)ले यहाँको जनजीवन सजिलो बनाउँदै लगेको छ । आयोजनाअन्तर्गत पूर्व–पश्चिम हुलाकी राजमार्गसँगै उत्तर दक्षिणमा ‘फिदर रोड’ निर्माण कतिपय सम्पन्न भइसकेका छन् भने कतिपय सम्पन्न हुने चरणमा छन् ।

पूर्व–पश्चिम हुलाकी राजमार्गसँगै सहायक सडकका रुपमा रहेका १० मध्ये नौ सडक पूरा भइसकेका आयोजनाले जनाएको छ । एउटा सडक बाँकी रहेकामा दुई प्याकेजमा काम भइरहेको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताए । दुई प्याकेजमध्ये पनि एउटा पूरा भएको छ भने एउटा बाँकी छ । केही समय पहिले मात्रै भारतीय दूतावासले सम्पन्न सडक सरकारलाई हस्तान्तरण गरेको थियो । उनले भने, “बाँकी सडक पनि ठेक्का भइसकेको छ ।”
‘फिदर’ सडक तराई–मधेशमा आवतजावत र ढुवानीमा कोशेढुङ्गा बन्दै गएको आयोजनाका प्रमुख बिसुरालले बताए । तराईका कुनै पनि भाग नछुट्ने गरी बलियो सञ्जाल बनाइएको उनले बताए । उनले भने, “हुलाकी राजमार्गले पूर्वी तराईले पश्चिमसँग जोड्छ भने उत्तर दक्षिणले सिङ्गो तराईलाई जोडेको छ ।”

Advertisement
Advertisement

आयोजनाअन्तर्गत उत्तर–दक्षिण सडकमध्ये मोरङमा कानेपोखरी–रङ्बेनी २५ किमी र सप्तरीमा कल्याणपुर–बसाइन २२ किमी पूरा भइसकेको छ । धनुषामा वीरेन्द्रबजार–यदुकुवा–महिनाथपुर २५ किमी लम्बाइको सडक सम्पन्न भइसकेको छ । धनुषाको १७ किमी लम्बाइको जनकपुर–यदुकुवा सडक सम्पन्न भएको छ । महोत्तरीको २७ किमीको जलेश्वर–हर्दी सडक र झण्डै २५ किमीको माइथान–गौशाला बजार–सम्सी सडक सम्पन्न भएको आयोजनाले जनाएको छ । दाङको ३३ किमी लम्बाइको लमही–कोइलाबास सडक सम्पन्न भइसकेको छ ।

बाराको तामागढी–सिमरौनगढ सडक ४० किमी सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । बाराकै ३३ किमी लम्बाइको मानमत–कलैया–मटिअर्वा सडक निर्माण सम्पन्न भइसकेको छैन । भारतीय सहयोगमा पहिले नै निर्माण गर्ने भनिएको सडक विभिन्न समस्याका कारण अहिले भर्खरै ठेक्का भएको छ । पहिले कलैया बजारमा स्थानीयवासीले घर हटाउन नदिएकाले सडक निर्माण हुन नसकेको प्रमुख बिसुरालले बताए ।

भारतीय सहयोगमा निर्माण भएको स्थानमा मुआब्जा दिइएको भए पनि कतिपय स्थानीयवासीले मुआब्जासमेत लिन मानेका थिएनन् । उनले भने, “उनीहरुले गर्न चाहेको समयमा घर हटाउन नसकेपछि अहिले भारत सरकारले त्यो भागमा काम नगर्न चाहेको छ ।”

कलैया बजारमा झण्डै चार किमी लम्बाइमा सडक निर्माण अवरुद्ध रहेको आयोजनाले जनाएको छ । आयोजनाले कोसिस गर्दा अदालतमा मुद्दा भएकाले निर्माण अवरुद्ध भएको थियो । अहिले सरकारले लगानी गर्ने गरी ठेक्का सम्झौताका लागि सूचना निकालिएको प्रमुख बिसुरालले बताए ।

कलैया बजार चार लेनमा निर्माण गर्न लागिएको छ । त्यस क्षेत्रमा निर्माणस्थलमा रहेका बिजुली, खानेपानी, टेलिफोनलगायतका पूर्वाधार सबै हटाइएको छ । उनले भने, “निर्माणस्थल खाली भइसकेकाले अब निर्माण अघि बढाउन सकिने देखिएको छ ।”

पर्सामा ६० किमी लम्बाइको वीरगञ्ज–ठोरी सडक पाँच किमी कालोपत्र हुन नसकेको आयोजनाले जनाएको छ । सडक अहिले ग्राभेलसम्म भएकाले स्थानीयवासीलाई आवतजावतमा सजिलो भएको छ । चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण सो खण्डमा निर्माण हुन नसकेको प्रमुख बिसुरालले बताए । जम्मा ६० किमी सडक एउटा २५ र अर्को ३० गरी दुई प्याकेजमा निर्माण अघि बढाइएको थियो । पच्चीस किमीको प्याकेज सम्पन्न भइसकेको छ भने ३० किमीमा निर्माण बाँकी छ । उनले भने, “सडक आगामी दशैँसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।”

राष्ट्रिय गौरवको हुलाकी राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रुपमा थियो । पहिले भारत सरकारले सबै सडक अनुदानमा निर्माण गर्ने र पुल सरकारले बनाउने सम्झौता भएको थियो । विसं २०६५÷६६ मा भएको समझदारीमा भारतीय प्राविधिक र निर्माण व्यवसायी उताबाट आएर बनाउने भन्ने योजना बनेको थियो । विभिन्न कारणले त्यो मोडालिटिमा काम गर्न नसकिएको उनले बताए ।

भारतीय पक्ष बीचैमा छाडेर फर्किएपछि आव २०७३÷७४ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय बनेको थियो । उनले भने, “त्यसपछि मात्रै फिदर रोडले गति पाएको थियो ।” त्यस बेलादेखि नै १० सडकमा ३०५ किमी पुल भारत सरकारले र बाँकी नेपाल सरकारले बनाउने सम्झौता भएको थियो । ‘फिदर सडक’ मा नै ३७ पुल रहेका छन् । भारतीय पक्षले निर्माण गर्ने ३०५ किमी पुलमध्ये सबै उत्तर–दक्षिण सडकमा पर्छ भने वीरगञ्ज–ठोरी सडक हुलाकी राजमार्गकै पूर्व–पश्चिममा पर्छ ।

‘फिदर सडक’ ८८१ किमी लम्बाई रहेकामा २४५ किमी भारत सरकारले र बाँकी नेपाल सरकारले निर्माण गर्ने प्रमुख बिसुरालले बताए । भारत सरकारले निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ भने बाँकीमा सरकारले निर्माण गरिरहेको छ । झण्डै ६०० किमी सडक निर्माणाधीन रहेको उनले बताए । उनले भने, “त्योमध्ये पनि झण्डै एक सय किमी ठेक्का लाग्न बाँकी छ ।”

सरकारले आव २०७३÷७४ देखि निर्माणको जिम्मेवारी लिएकामा त्यसपछि फिदर सडक पहिचान गरेर ठेक्का हुँदै काम अघि बढाइएको छ । राष्ट्रिय योजना आयोगले हुलाकी राजमार्ग आयोजना आव २०७९÷८० सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ । हुलाकी राजमार्गको पूर्व–पश्चिम सडक निर्माणाधीन छ भने कतिपय उत्तर–दक्षिण सडक निर्माणको क्रममा रहेका छन् । अहिलेसम्मको निर्माणको अवस्था हेर्दा निर्धारित समयमा निर्माण सम्पन्न हुने उनको भनाइ छ । आयोजनाको नियन्त्रण बाहिरको अवस्थामा मात्रै निर्धारित समयभन्दा ढिला हुने उनले बताए ।

उनले भने, “कोभिडका कारणले गर्दा तोकिएको अवधिमा नहुन सक्ला तर हामीले गर्ने काम गरिरहेका छौँ ।” हुलाकी राजमार्गलाई तराई–मधेसको समृद्धिसँग जोडेर शुरु गरिएको हो । मधेशमा देशभरको झण्डै आधा जनसङ्ख्या बसोबास गर्ने भएकाले आयोजना सम्पन्न भएपछि त्यहाँका नागरिकको पहुँच बढ्ने अपेक्षा गरिएको छ । त्यस क्षेत्रको व्यापार, कृषिलगायतका क्षेत्रमा राजमार्गले नयाँ सम्भावना खुल्नेछ ।

पूर्व–पश्चिम राजमार्गबाट शुरु भएर हुलाकी राजमार्गलाई पार गरी भारतीय सीमासम्म पुगाउन निर्माण गरिएको छ । राजमार्गले पूवदेखि पश्चिमसम्म पूरै तराईलाई समेटेको छ । राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएपछि तराई–मधेश पूर्ण रुपमा सुगम हुने प्रमुख बिसुरालले बताए । हुलाकी राजमार्गअन्तर्गत निर्माण भइरहेको ‘फिदर सडक’ बाहेक अरु निकायबाट पनि उत्तर दक्षिण जोड्ने गरी सडक निर्माण गरिएको छ । सबै निर्माण सकिएपछि तराईका धेरै ठाउँसम्म सडकको सञ्जाल विस्तार हुने उनले बताए ।

हुलाकी राजमार्गजस्तै ‘फिदर सडक’ पनि डबल लेनमा निर्माण अघि बढाइएको छ । सात मिटर कालोपत्र र दुईदेखि साढे दुई मिटर पैदलयात्रु मार्गसमेत गरी ११ देखि १२ मिटर चौडाइमा सडक निर्माण भइरहेको छ । जग्गा उपलब्ध हुँदा १२ मिटर र नहुँदा कम्तीमा ११ मिटर निर्माण गरिएको हो ।

देशभरका निर्माणाधीन धेरै राष्ट्रिय राजमार्ग जस्तै सो आयोजनामा पनि सडकको अधिकार क्षेत्र (राइट अफ वो) को समस्या रहेको छ । उत्तर–दक्षिणमा ‘फिदर’ सडक १५÷१५ मिटरमा चौडा गर्ने लक्ष्य लिइएको प्रमुख बिसुरालले बताए । उनका अनुसार भारतीय सहयोगमा निर्माण भएका स्थानमा मुआब्जा वितरण भए पनि सरकारले निर्माण गरेका ठाउँमा स्वतस्फूर्त: छाड्न लगाइएको छ । जग्गामा मुआब्जा नदिने हुँदा धेरै ठाउँमा जग्गाको समस्या भएको उनले बताए ।
उनले भने, “जस्तोसुकै समस्या भए पनि स्थानीयस्तरमा समन्वय गरेर दुई लेन कायम गरिएको छ ।” फिदर सडक दुई लेनमा निर्माण गर्ने भनिए पनि आवश्यकताअनुसार कतिपय स्थानमा चार लेनसम्म निर्माण भइरहेको आयोजनाले जनाएको छ । ठूला बजारमा चार लेनमा सडक निर्माण गरिएको प्रमुख बिसुरालले बताए । पहिले दुई लेन रहेको विराटनगर–रङ्गेली चार लेनमा विस्तार गरिएको छ ।

Advertisement

मोरङमै सुनसरीसम्मको सडक पनि चार लेनमा निर्माण गर्न लागिएको छ । उनले भने, “त्यहाँका चार किमी सडक बनाउन भर्खर ठेक्का गरिएको छ ।” कपिलवस्तुमा तौलिहवा पश्चिमतर्फको सडक पनि चार लेनमा निर्माण अघि बढाइएको छ । निर्माण शुरु गर्दा सानो बजार भए पनि बजार र बस्ती विकास हुने देखिएकाले यहाँ निर्माण अघि बढाइएको हो ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top