प्रदेश १ मा १,११६ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

१० साउन ७८, सोमबार

११ साउन, विराटनगर ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ११६ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १२६ जनाको पीसीआर परीक्षणमा ५४२ र १ हजार ८२१ जनाको एन्टिजेन परीक्षणमा ५७४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४९, मोरङमा १४४, सुनसरीमा १०४, धनकुटामा १९, इलाममा ७, उदयपुरमा ४, पाँचथर, ताप्लेजुङमा ३, संखुवासभा र ते¥हथुममा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ५६, दमकमा ५३, भद्रपुरमा ३८, कनकाईमा २५, शिवसताक्षी र अर्जुनधारामा १७–१७, बुद्धशान्ति, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ७–७, मेचीनगरमा १५, हल्दिबारीमा ३, बा¥हदशीमा २, गौरीगञ्ज र गौरादहमा १–१, मोरङको विराटनगरमा ७३, बेलबारीमा २४, उर्लाबारीमा १०, पथरीशनिश्चरेमा ९, सुन्दरहरैचामा ६, लेटाङमा ५, कानेपोखरीमा ४, जदहामा २, ग्रामथान, कटहरी, केराबारी, रंगेली, धनपालथान, रतुवामाई, मिक्लाजुङ र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सुनसरीको धरानमा ५५, इटहरीमा ३४, हरिनगर, रामधुनी र इनरुवामा २–२, दुहवी र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ७, धनकुटाको धनकुटा नगरपालिकामा १५, महालक्ष्मी र साँघुरीगढीमा १–१, स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा ५, सुर्योदय र माईमा १–१, उदयपुरको त्रियुगामा २, बेलका र कटारीमा १–१, पाँचथरको फिदिममा २, ताप्लेजुङको फालेलुङ, याङवरक र स्थानीय तह नखुलेका १–१ , संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, ते¥हथुमको आठराई त्रिवेणी र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २९१ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२१ म्हिला र १७० पुरुष रहेका छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । मृृत्यु हुनेमा ६ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top