१२ साउन, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी २० जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७५८ पुगेको छ।