यौन धन्दामा संलग्न महिला र बालिकाको उद्धार

११ साउन ७८, मंगलबार

१२ साउन, पोखरा ।
चितवनको राप्ती नगरपालिकास्थित एक होटलमा यौन धन्दामा लगाईएका १० जना महिला र बालिकालाई थ्रि एन्जल्स नेपालले उद्धार गरेको छ । राप्ती नगरपालिका वडा नं ७ मा रहेको रक्षा होटलले ती महिला र बालिकालाई यौन कार्यमा संलग्न गराएको सूचनाका आधारमा संस्थाको चितवन लोथर हेल्प डेस्कको सहयोगमा उनीहरुको उद्धार गरिएको ईलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

संस्थाको पहलमा यहि श्रावण ११ गते बेलुका उनीहरुको उद्धार गरिएको थ्रि एन्जल्स नेपाल लोथर हेल्प डेस्कका सु्निता सिलवालले जानकारी दिईन् । उक्त होटलले होटल नजिकै अर्को एक घर भाडामा लिएर यौन धन्दा चलाउँदै आएको खुलासा भएको प्रहरीले जनाएको छ । उक्त घरबाट ७ जना र होटलमा कार्यरत ३ जना गरी १० जनाको उद्धार गरिएको हो । आफूहरुलाई दैनिक ५ हजारका दरले रकम दिने प्रलोभन देखाएर यौन धन्दामा संलग्न गराएको उद्धार पछि ती महिलाहरुले बयान दिएका छन् ।

उद्धार गरिएका महिलाहरु सिन्धुपाल्चोक, दोलखा, धादिङ र काठमाण्डौ जिल्लाका हुन् । होटल सञ्चालकले उनीहरुलाई यौन कार्यका लागि चितवनका अन्य विभिन्न होटलहरुमा समेत पठाउँदै आएको स्वीकारेका छन् । उद्धार पछि ती महिलाहरुलाई कानुनी परामर्श तथा थप सोधपुछको लागि ईलाका प्रहरी कार्यलय भण्डारामा नै रहेका छन् । उनीहरुलाई र पारिवारीक पुर्नमिलनका लागि थ्रि एन्जल्स् नेपाल हेल्पडेक्स लोथरले समन्वय गरिरहेको संस्थाका मानव बेचविखन विरुद्धको कार्यक्रम म्यानेजर झरना शर्माले जानकारी दिईन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top