विपन्नलाई उन्नत जातका बाख्रा वितरण

११ साउन ७८, मंगलबार

१२ साउन, डोटी ।

Advertisement

युरोपियन युनियन तथा डिसिएको आर्थिक सहयोगमा जिल्लाको जोरायल गाउँपालिका–२ मेलखोलाका विपन्न परिवारलाई रु तीस लाख बराबरका उन्नत जातका बाख्रा वितरण गरिएको छ ।

उक्त वडामा कम्तीमा पनि ५२ घरपरिवारको आयस्तर वृद्धि तथा जीवनयापनका लागि बाख्रा वितरण गरिएको हो। जिल्लामा लामो समयदेखि काम गर्दै आएको सम विकास केन्द्रद्वारा सञ्चालित परिर्वतन परियोजना अन्तर्गत ती उन्नत जातका बाख्रा वितरण गरिएको संस्थाका सूचना अधिकारी पदम मिजारले जानकारी दिए ।

Advertisement

उनका अनुसार उक्त वडामा रहेका दलित, गरीब, सीमान्तकृत वर्गको आर्थिक सहयोग होस् भन्ने उद्देश्यका लागि बाख्रा वितरण गरिएको हो। किसानलाई बाख्रापालनबाट आत्मनिर्भर बनाउने उद्देश्यका साथ उन्नत जातका बाख्रा वितरण गरिएको संस्थाका अध्यक्ष महेश परिवारले बताए ।

उनले भने, “अन्य कार्यक्रम भन्दा पनि बाख्रापालन कार्यक्रमले किसान बढी आत्मनिर्भर हुने देखिएकाले हामीले बाख्रा वितरण गरेका छौँ, वितरण गरिएका बाख्राले किसानको जीवनस्तरमाथि उठाउन फाइदा हुनेछ।” वडामा रहेका विभिन्न परिवारको आयस्तरका लागि वितरण गरिएका उन्नत जातका बाख्राले निकै राहत पुगेको वडाध्यक्ष मानबहादुर मल्लले बताए ।

Advertisement

उहाँले भन्नुभयो, “दातृ निकायको सहयोगमा यहाँ काम गर्ने संस्थाले राम्रो कार्यक्रम अघि सारेका छन्, उक्त कार्यक्रमले विपन्न वर्ग तथा किसानलाई प्रत्यक्ष फाइदा हुने भएको छ।” उन्नत जातका बाख्रापालन कार्यक्रमलाई सहयोग गर्न साझेदारी अनुसार वडा कार्यालय, सम विकास केन्द्र र किसान समूहका तर्फबट त्रिपक्षीय सम्झौतासमेत भएको थियो ।

उन्नत जातका बाख्रा पाएपछि यहाँका विपन्न वर्गका नागरिक निकै खुशी भएको जोरायल गाउँपालिका–२ धारापानीका स्थानीयवासी तीर्थराज भण्डारीले बताए । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top