माधव नेपाल समूह तत्काल सरकारमा नजाने

माधव नेपाल समूह तत्काल सरकारमा नजाने

१३ साउन, काठमाडौं ।
नेकपा एमालेको माधव नेपाल समुह तत्काल सरकारमा नजाने भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरे पनि माधव समुहले सरकारमा नजाने बताएको हो ।

प्रधानमन्त्री देउवाले आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएका थिए, जसमा नेपाल पक्षबाट डा. विजय पौडेल सहभागी थिए । बैठकमा उनले पार्टी एकताको लागि प्रयास गरिरहेकाले तत्काल सरकारमा आउने सम्भावना नरहेको बताएका थिए । उनले भने ‘हामीले हामी तत्काल सरकारमा आउने सम्भावना छैन, पार्टी एकताकै लागि प्रयास गरिरहेका छौं भन्यौं ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.