डीआइजी प्रविण श्रेष्ठ फेरि पदमुक्त, यसअघिको अन्तरिम आदेश सर्वोच्चद्वारा खारेज

१३ साउन, काठमाडौं ।
सर्वोच्च अदालतको अन्तरकालीन आदेशबाट सशस्त्र प्रहरीको डिआइजीमा पुनर्वहाली भएका प्रविण श्रेष्ठ पुनःपदमुक्त भएका छन् । बुधबार प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले श्रेष्ठको मुद्दामाथि थप सुनुवाई गर्दै यसअघि पुनर्वहालीका लागि दिइएको अन्तरिम आदेश खारेज गरेको हो ।

Advertisement

डीआइजीमा एक वर्ष म्याद थप नभएको भन्दै एक महिनापछि श्रेष्ठ अदालत गएका थिए । उनको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अन्तरिम आदेशबाट पुनर्वहाली गरेको थियो । पुनर्वहाली भएको एक साता नपुग्दै उनी फेरी पदमुक्त भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top