पीसीआर विना १२ को परीक्षा नलिनुः स्वास्थ्य समिति

१३ साउन, काठमाडौँ ।
संसदीय समितिले स्वास्थ्य मापदण्ड पालना गराएर मात्रै परीक्षा लिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ संक्रमणका बीचमा भइरहेका र हुन लागेका परीक्षामा दूरी कायम गराउनुको साथै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी परीक्षा लिने वातावरण मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले परीक्षामा बस्नुपूर्व सम्पुर्ण परीक्षार्थीको अनिवार्य रुपमा पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाउन भनेको छ । संक्रमित परीक्षार्थीलाई छुट्टै कक्षामा राखेर परीक्षा दिने व्यवस्था मिलाउन पनि बैठकले निर्देशन दिएको छ । त्यसैगरी गम्भीर प्रकृतिका र अस्पतालमा उपचार गराईरहेका परीक्षार्थीलाई भने दोश्रो चरणमा परीक्षा दिने व्यवस्था मिलाउन भनेको छ । त्यसैगरी समितिले सबै परीक्षा केन्द्रमा डाक्टर, नर्स र सामान्य औषधीहरु उपलब्ध गराउन भनेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति जगतपुरी घर्तीले सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने तर्फ आवश्यक पहल र परामर्श गर्न पनि सरकारलाई निर्देशन दिइन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले मन्त्रालयले बनाएको कोभिड–१९ सम्बन्ध िनिर्देशिका अनुसार नै सबै परीक्षा सञ्चालन हुने विश्वास दिलाए । मन्त्रालयले कक्षा १२ को परीक्षा गर्दा परीक्षा केन्द्रमा कम्तिामा २ मिटरको दूरी कायम गरी जेड आकारमा सिट कायम राखी परीक्षा लिने व्यवस्था मिलाएको पनि उहाँले जानकारी दिए । कोरोना संक्रमित परीक्षार्थीको हकमा परीक्षा सुरु भएको ३० मिनेटपछि मात्रै परीक्षा केन्द्रमा प्रवेश गराएर भिन्नै कोठामा राखी परीक्षा दिने व्यवस्था गरिएको पनि उनले जानकारी दिए । सचिव थपलियका अनुसार संक्रमित विद्यार्थीलाई शौचालय पनि फरक प्रयोग गर्ने व्यवस्था गरिने छ ।

Advertisement

उनले भने, “सरकारले तोकअनुसारको कोभिड–१९ सम्बन्धि मापदण्ड पूर्णतः पालना गरी परीक्षा सञ्चालन गर्ने, परीक्षा डिसीएमसीको समन्वयमा गराउने, परीक्षा केन्द्रमा कम्तिमा २ मिटरको दूरी कायम गराए जेड आकारमा परीक्षार्थीहरु राख्ने गरी सिट प्लान गर्ने, परीक्षा केन्द्रमा विद्यार्थीलाई सकेसम्म एकघण्टाअघि प्रवेश गराउने, सबै संकायको परीक्षा एकैदिन, समयमा नराखि फरक दिनमा सञ्चालनको व्यवस्था गर्ने, केस इन्भेष्टिगेशन एण्ड कन्ट्याक्ट ट्रेसिङको सहजताका लागि प्रत्येक विद्यालयहरुलाई पहिलो दिनको परीक्षा सुरु हुनुअघि केस इन्भेष्टिगेशन र कन्ट्याक्ट ट्रेसिङको फारम भर्न लगाइ संकलित फारम डिसीएमसीलाई उपलब्ध गराउने, कोभिड १९ संक्रमित परीक्षार्थीको हकमा सामान्य परीक्षार्थीको परीक्षा सुरु भएको ३० मिनेटपछि प्रवेश गराएर परीक्षार्थीलाई फरक कोठा र बेग्लै शौचालयको प्रयोग गर्न लगाउने र संक्रमितले प्रयोग गरेको सामग्री सम्बन्धित स्वास्थ्य कार्यालयमा सावधानीका साथ संकलन गर्ने, सकेसम्म परीक्षामा संलग्न प्राध्यापक, विद्यार्थीहरुलाई खोपको व्यवस्था गर्न डिसीएमसीसँग खोपको व्यवस्था गर्ने गरी मन्त्रालयले निर्देशिका बनाएको छ ।”

उनले पोखरा विश्वविद्यालयले विद्यार्थीलाई प्राज्ञिक मान्यता नदिएको कारण चाँडै पत्ता लगाउने बताए। समितिले पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले ४ बर्ष पुगिसक्दा पनि प्राज्ञिक मान्यता नपाएको तर्फ पनि समितिले चासो देखाएको थियो । समितिले त्यसबारे तत्काल अध्ययन गरि विद्यार्थीलाई प्राज्ञिक मान्यता दिलाउने व्यवस्था गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

उनले सरकारले सबै विश्वविद्यालयको मागअनुसारको रकम उपलब्ध गराउन नसकेको बताए। सार्वजनिक विद्यालय सुधारको लागि सरकारले विभिन्न प्रयास गरिरहेको भन्दै थपलियाले पालिकाको आवश्यकता हेरेर विद्यालय थप गरिने बताए । उनले केन्द्रीय सरकारले मात्रै नभएर प्रदेश र स्थानीय तहले पनि सामुदायिक विद्यालयका लागि खर्च गरिरहेको बताए ।

थपलियाले भने“सरकारले सबै विश्वविद्यालयको मागअनुसार रकम उपलब्ध गराउन सकेको छैन, सार्वजनिक विद्यालयको सुधारका लागि विभिन्न प्रयास गरिरहेको छ, अब पालिकाअनुसार कति वटा विद्यालय आवश्यक छ, भन्ने कुराको छलफल गरेर अघि बढेमा मात्रै हामी गन्तव्यमा पुग्छौँ, अहिले केन्द्रीय मात्र नभएर प्रदेश सरकार र स्थानीय तहले पनि सार्वजनिक विद्यालयका लागि खर्च गरिरहेका छन्, तर सुदूर गाउँमा बस्ने विद्यार्थीलाई धेरै कठिनाइ र चुनौति छन्, अहिले १४ हजार भन्दा धेरै सार्वजनिक विद्यालयमा एक सय भन्दा कम विद्यार्थी छन् ।”

समिति सदस्य एवं पुर्व शिक्षा मन्त्री गिरिराज मणी पोखरेलले कोभिड १९ को बेलामा कक्षा १२ को परीक्षा गरेर शैक्षिक सत्र बचाएको बताए । उनले महामारीको बेलामा धेरै देशले शैक्षिक सत्र कोल्याप्स गरेपनि नेपालले गरेको यो प्रयत्नलाई सकारात्मक लिनुपर्ने टिप्पणी गरे ।

उनले भने, “कोभिड १९ को यो बेलामा नेपालले कक्षा १२ को परीक्षा गरेर शैक्षिक सत्र बचाएको छ, अन्य देशहरुमा महामारीले शैक्षिक सत्र कोल्याप्स भएको अवस्थालाई मध्यनजर गर्दा नेपालको यो प्रयत्नलाई सकारात्क लिनुपर्दछ ।”

बैठकमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले अभिभावको सुझाव र विद्यार्थीमा अध्ययनको क्षयीकरण रोक्नका लागि भएपनि भौतिक उपस्थितीमै परीक्षा सञ्चालन गरिने बताए । सीसीएमसीको ९ बुँदे सुझाव सहितको स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।

उनले भने, “कक्षा १२ को परीक्षा भौतिक उपस्थितीमै हुन्छ, अभिभावको सुझाव र विद्यार्थीमा पढ्ने संस्कृतिको क्षयीकरण रोक्नको लागि भौतिक उपस्थितीमै परीक्षा सञ्चालन गर्दैछौँ, परीक्षा एमसीसीले छलफलपछि गरेको ९ बुँदे सुझावसहितको स्वास्थ्यमापदण्ड अपनाएर सञ्चालन हुन्छ ।”

सदस्य सचिव अर्यालले एसइइको नतिजा अन्तिम चरणमा पुगेको पनि जानकारी दिए ।

भर्खरको समाचार

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

सम्बन्धित समाचार

Scroll to Top