NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो  शुक्रबार साउन १६ , २०८२
पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म शुक्रबार साउन १६ , २०८२
८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल शुक्रबार साउन १६ , २०८२
Next
Prev

समाचार

पीसीआर विना १२ को परीक्षा नलिनुः स्वास्थ्य समिति

बुधबार साउन १३ , २०७८
Reading Time: 1 min read
A A
पीसीआर विना १२ को परीक्षा नलिनुः स्वास्थ्य समिति
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ साउन, काठमाडौँ ।
संसदीय समितिले स्वास्थ्य मापदण्ड पालना गराएर मात्रै परीक्षा लिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ संक्रमणका बीचमा भइरहेका र हुन लागेका परीक्षामा दूरी कायम गराउनुको साथै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी परीक्षा लिने वातावरण मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले परीक्षामा बस्नुपूर्व सम्पुर्ण परीक्षार्थीको अनिवार्य रुपमा पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाउन भनेको छ । संक्रमित परीक्षार्थीलाई छुट्टै कक्षामा राखेर परीक्षा दिने व्यवस्था मिलाउन पनि बैठकले निर्देशन दिएको छ । त्यसैगरी गम्भीर प्रकृतिका र अस्पतालमा उपचार गराईरहेका परीक्षार्थीलाई भने दोश्रो चरणमा परीक्षा दिने व्यवस्था मिलाउन भनेको छ । त्यसैगरी समितिले सबै परीक्षा केन्द्रमा डाक्टर, नर्स र सामान्य औषधीहरु उपलब्ध गराउन भनेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति जगतपुरी घर्तीले सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने तर्फ आवश्यक पहल र परामर्श गर्न पनि सरकारलाई निर्देशन दिइन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले मन्त्रालयले बनाएको कोभिड–१९ सम्बन्ध िनिर्देशिका अनुसार नै सबै परीक्षा सञ्चालन हुने विश्वास दिलाए । मन्त्रालयले कक्षा १२ को परीक्षा गर्दा परीक्षा केन्द्रमा कम्तिामा २ मिटरको दूरी कायम गरी जेड आकारमा सिट कायम राखी परीक्षा लिने व्यवस्था मिलाएको पनि उहाँले जानकारी दिए । कोरोना संक्रमित परीक्षार्थीको हकमा परीक्षा सुरु भएको ३० मिनेटपछि मात्रै परीक्षा केन्द्रमा प्रवेश गराएर भिन्नै कोठामा राखी परीक्षा दिने व्यवस्था गरिएको पनि उनले जानकारी दिए । सचिव थपलियका अनुसार संक्रमित विद्यार्थीलाई शौचालय पनि फरक प्रयोग गर्ने व्यवस्था गरिने छ ।

LS Auto

उनले भने, “सरकारले तोकअनुसारको कोभिड–१९ सम्बन्धि मापदण्ड पूर्णतः पालना गरी परीक्षा सञ्चालन गर्ने, परीक्षा डिसीएमसीको समन्वयमा गराउने, परीक्षा केन्द्रमा कम्तिमा २ मिटरको दूरी कायम गराए जेड आकारमा परीक्षार्थीहरु राख्ने गरी सिट प्लान गर्ने, परीक्षा केन्द्रमा विद्यार्थीलाई सकेसम्म एकघण्टाअघि प्रवेश गराउने, सबै संकायको परीक्षा एकैदिन, समयमा नराखि फरक दिनमा सञ्चालनको व्यवस्था गर्ने, केस इन्भेष्टिगेशन एण्ड कन्ट्याक्ट ट्रेसिङको सहजताका लागि प्रत्येक विद्यालयहरुलाई पहिलो दिनको परीक्षा सुरु हुनुअघि केस इन्भेष्टिगेशन र कन्ट्याक्ट ट्रेसिङको फारम भर्न लगाइ संकलित फारम डिसीएमसीलाई उपलब्ध गराउने, कोभिड १९ संक्रमित परीक्षार्थीको हकमा सामान्य परीक्षार्थीको परीक्षा सुरु भएको ३० मिनेटपछि प्रवेश गराएर परीक्षार्थीलाई फरक कोठा र बेग्लै शौचालयको प्रयोग गर्न लगाउने र संक्रमितले प्रयोग गरेको सामग्री सम्बन्धित स्वास्थ्य कार्यालयमा सावधानीका साथ संकलन गर्ने, सकेसम्म परीक्षामा संलग्न प्राध्यापक, विद्यार्थीहरुलाई खोपको व्यवस्था गर्न डिसीएमसीसँग खोपको व्यवस्था गर्ने गरी मन्त्रालयले निर्देशिका बनाएको छ ।”

उनले पोखरा विश्वविद्यालयले विद्यार्थीलाई प्राज्ञिक मान्यता नदिएको कारण चाँडै पत्ता लगाउने बताए। समितिले पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले ४ बर्ष पुगिसक्दा पनि प्राज्ञिक मान्यता नपाएको तर्फ पनि समितिले चासो देखाएको थियो । समितिले त्यसबारे तत्काल अध्ययन गरि विद्यार्थीलाई प्राज्ञिक मान्यता दिलाउने व्यवस्था गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

उनले सरकारले सबै विश्वविद्यालयको मागअनुसारको रकम उपलब्ध गराउन नसकेको बताए। सार्वजनिक विद्यालय सुधारको लागि सरकारले विभिन्न प्रयास गरिरहेको भन्दै थपलियाले पालिकाको आवश्यकता हेरेर विद्यालय थप गरिने बताए । उनले केन्द्रीय सरकारले मात्रै नभएर प्रदेश र स्थानीय तहले पनि सामुदायिक विद्यालयका लागि खर्च गरिरहेको बताए ।

थपलियाले भने“सरकारले सबै विश्वविद्यालयको मागअनुसार रकम उपलब्ध गराउन सकेको छैन, सार्वजनिक विद्यालयको सुधारका लागि विभिन्न प्रयास गरिरहेको छ, अब पालिकाअनुसार कति वटा विद्यालय आवश्यक छ, भन्ने कुराको छलफल गरेर अघि बढेमा मात्रै हामी गन्तव्यमा पुग्छौँ, अहिले केन्द्रीय मात्र नभएर प्रदेश सरकार र स्थानीय तहले पनि सार्वजनिक विद्यालयका लागि खर्च गरिरहेका छन्, तर सुदूर गाउँमा बस्ने विद्यार्थीलाई धेरै कठिनाइ र चुनौति छन्, अहिले १४ हजार भन्दा धेरै सार्वजनिक विद्यालयमा एक सय भन्दा कम विद्यार्थी छन् ।”

समिति सदस्य एवं पुर्व शिक्षा मन्त्री गिरिराज मणी पोखरेलले कोभिड १९ को बेलामा कक्षा १२ को परीक्षा गरेर शैक्षिक सत्र बचाएको बताए । उनले महामारीको बेलामा धेरै देशले शैक्षिक सत्र कोल्याप्स गरेपनि नेपालले गरेको यो प्रयत्नलाई सकारात्मक लिनुपर्ने टिप्पणी गरे ।

उनले भने, “कोभिड १९ को यो बेलामा नेपालले कक्षा १२ को परीक्षा गरेर शैक्षिक सत्र बचाएको छ, अन्य देशहरुमा महामारीले शैक्षिक सत्र कोल्याप्स भएको अवस्थालाई मध्यनजर गर्दा नेपालको यो प्रयत्नलाई सकारात्क लिनुपर्दछ ।”

बैठकमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले अभिभावको सुझाव र विद्यार्थीमा अध्ययनको क्षयीकरण रोक्नका लागि भएपनि भौतिक उपस्थितीमै परीक्षा सञ्चालन गरिने बताए । सीसीएमसीको ९ बुँदे सुझाव सहितको स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।

उनले भने, “कक्षा १२ को परीक्षा भौतिक उपस्थितीमै हुन्छ, अभिभावको सुझाव र विद्यार्थीमा पढ्ने संस्कृतिको क्षयीकरण रोक्नको लागि भौतिक उपस्थितीमै परीक्षा सञ्चालन गर्दैछौँ, परीक्षा एमसीसीले छलफलपछि गरेको ९ बुँदे सुझावसहितको स्वास्थ्यमापदण्ड अपनाएर सञ्चालन हुन्छ ।”

सदस्य सचिव अर्यालले एसइइको नतिजा अन्तिम चरणमा पुगेको पनि जानकारी दिए ।

लोकप्रीय

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

विचार

थप समाचार

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु
ताजा समाचार

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म
ताजा समाचार

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

शुक्रबार साउन १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

हालका पोस्टहरू

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.