पूर्वमाओवादीका चार नेताको रिट दीपककुमार कार्कीको इजलासमा

१४ साउन, काठमाडौं ।
सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै दर्ता भएको पूर्वमाओवादीका चार नेताको रिटको सुनुवाइ न्यायाधीश दीपककुमार कार्कीको इजलासमा हुने भएको छ। माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेपछि सांसद पद गुमाएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार दायर गरेको रिट आज कार्कीको इजलासमा सुनुवाई हुने भएको हो ।

Advertisement

एमाले प्रवेश गरेपछि माओवादीले दिएको दल त्यागको सूचना दिएपछि उनीहरुको सांसद पद गुमेको थियो । यद्यपि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई मन्त्री बनाएका थिए । तर सर्वोच्च अदालतको आदेशपछि उनीहरुको मन्त्री पद पनि गुमेको थियो ।

निर्वाचन आयोगले गत असार २३ गते उपलब्ध गराएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको जिकीर गर्दै उनीहरुले प्रतिनिधिसभा सदस्य पद खारेजको निर्णय बदर हुनुपर्ने माग गरेका छन् । आजको इजलासले परमादेशको आदेश दिएमा उनीहरु पुनः सांसद पदमा पुनर्वहाली हुनेछन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top