थप ३३६५ जनामा कोरोना सङ्क्रमण पुष्टि, १६ जनाको मृत्यु

१४ साउन, काठमाडौँ ।

Advertisement

आज देशभर कोरोना भाइरसबाट थप ३ हजार ३ सय ६५ जना सङ्क्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ५५ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ३ सय ३५ जना तथा ४ हजार ६ सय ८७ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ हजार ३० जना गरी जम्मा ३ हजार ३ सय ६५ जनामा सङ्क्रमण पुष्टि भएको हाे ।

Advertisement

देशभरबाट गएको २४ घण्टामा १ हजार ३ सय ७३ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना भाइरसबाट अहिलेसम्म ६ लाख ५० हजार ४ सय ४५ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९४ दशमलव १ प्रतिशत रहेको छ । देशभरी आज कोरोना सङ्क्रमणबाट १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Advertisement

योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ८ सय ७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top