दुई कोरियाको युद्ध अन्त्यको प्रयास हुदैछ ः दक्षिण कोरियाली विदेशमन्त्री काङ

दुई कोरियाको युद्ध अन्त्यको प्रयास हुदैछ ः दक्षिण कोरियाली विदेशमन्त्री काङ

सोल, असार २०

दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोल छ दशक लामो कोरियाली युद्ध अन्त्यका लागि लागिपरेको बताएकी छिन्।यसै वर्ष कोरिया युद्धको दिगो रुपमै अन्त्य गरिने उनले बताएकी छिन्। उनले यसका लागि दक्षिण कोरिया ‘लचिलो’ बन्नु परेपनि तयार छ भनिन् ।

सोलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै काङले भनिन्, “शान्ति सम्झौताको मध्यस्थता तथा कार्यान्वयन गर्ने आवश्यक प्रक्रियाका लागि उत्तर कोरिया र अमेरिकासँग परामर्श गरेर अघि बढिएको छ, वातावरण निकै सकारात्मक छ ।”

दक्षिण कोरियाली समाचार संस्थाका अनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँगको परामर्श र उत्तर कोरियाली नेतासँगको शिखर बैठकपछि अमेरिकी प्रशासनले पनि १९५०–५३ मा दुई कोरियाबीच भएको युद्धको औपचारिक अन्त्यका लागि सहयोग गर्ने उनले बताइन्।

उनले भनिन्, “हुनत दुवै कोरियाले औपचारिकरुपमा युद्धअन्त्यको घोषणा गरिसकेका छन् तर पनि यो घोषणालाई दिगो बनाउन बाँकी छ र त्यो काम पनि हामी पूरा गर्नेछौँ ।”

राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यही जुन १२ तारिखमा दिन पहिलो पटक सिङ्गापुरमा शिखर वार्ता भएको थियो । सो वार्तापछि उत्तर कोरिया पनि कोरियाली प्रायद्वीपमा दिगो शान्तिका लागि सकारात्मक भएको पाइएको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.