मेडिकल कलेज खोल्न पाइदैन भनी आन्दोलन गर्नु अनुचित ः नेता आचार्य

१९ असार ७५, बुधबार

काठमाडौँ, असार २०

Advertisement

नेपाल कम्युनिष्ट पार्टीका नेता भीम आचार्यले नेपालमा मेडिकल कलेजमा पढ्न नपाएर हजारौँ विद्यार्थी बाहिर जानु परेको अवस्थामा मेडिकल कलेज १० वर्षसम्म खोल्न पाउँदैन भनी माग राखेर आन्दोलन गर्नु अनुचित भएको बताएका छन्।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले हजारौँ विद्यार्थी विदेशमा पढ्न जान बाध्य भएको कारण नेपालको अर्बौं स्पिया विदेशमा गइरहेको बताए । सरकारले तोकेको मापदण्ड पूरा गरेको मेडिकल कलेज सञ्चालन हुन पाउनुपर्ने तर स्तरहीन मेडिकल कलेज खोल्नुपर्छ भन्ने मान्यता भने सरकारको नभएको स्पष्ट पारे।

Advertisement

उनले गंगामाया केसीको माग छानबिन आयोग गठन गरेर हल गर्नुपर्ने र उनलाई न्याय दिनुपर्ने बताए । नेपाली काँग्रेसका नेता रमेश लेखकले वर्तमान सरकारले सत्ता सम्हालेदेखि मुलुक संविधान र कानूनअनुसार नचलेको विचार व्यक्त गरे ।

उनले थपे, “पत्रकारले मन्त्रीलाई प्रश्न गर्नासाथ कार्यक्रम नै बन्द हुने, सरकारको मनपरी निषेधाज्ञा घोषणा आदिले लोकतान्त्रिक मूल्य र मान्यता नै कमजोर बनाएको छ ।” उनले स्वास्थ्य क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न माग गर्दै अनशनमा बस्ने डा गोविन्द केसीको माग पूरा गर्नुपर्ने बताए ।
रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top