भक्तपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

१५ साउन ७८, शुक्रबार

१५ साउन, भक्तपुर ।
तेह्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-७ मुहानपोखरी डेरा गरी बस्ने सूर्यगढी नगरपालिका-२ घर भएका साईला घिसिङ भन्ने २४ वर्षीय बिनायक तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

तामाङले गत असार ४ गते तामाङले ती बालिकालाई आफ्नै डेरामा जबरजस्ती करणी गरेकाे खबर प्राप्त भएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई बाघटारस्थित त्रिसुली अस्पताल परिसरमा निर्माणाधिन भवनमा काम गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top