महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता, एसएसबीले तुइन काटिदियाे !

महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता, एसएसबीले तुइन काटिदियाे !

१५ साउन, काठमाडौं ।
दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । आज बिहान साढे ८ बजेतिर महकाली नदी तर्ने क्रममा तुइनबाट खसेर सोही ठाउँका अन्दाजी ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बिहान ५–६ जना स्थानीयले तुइनबाट महाकाली नदी पार गरेको र धामी भने खसेर महाकाली नदीमा बेपत्ता भएको बताए ।

बेपत्ता धामीको खोजी शुरु गरिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । स्थानीयले भने भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा उनी बेपत्ता भएको जनाएका छन् । स्थानीय विक्रमसिंह धामीले भने, “भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियोे, नदीको बिच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्, पाँच छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौँ ।”

नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.