कालीगण्डकी-तिनाउ डाइभर्सन अघि बढाउनुपर्छ : प्रदेश प्रमुख शेरचन

१५ साउन, रुपन्देही ।
लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले कालीगण्डकी–तिनाउ डाइभर्सन अघि गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रदेश मुकाम बुटवलमा रहेको कार्यालयमा पदभार ग्रहण गर्दै शेरचनले विवाद सुल्झाएर डाइभर्सन अघि बढाउनुपर्ने बताएका हुन् ।

Advertisement

उत्तरगंगगाको पानी डाइभर्सन गरेर कालीगण्डकीमा पानीको बहाव कम हुन नदिने उपाय अवलम्बन गर्न सकिने शेरचनले सुझाए ।उनले भने, ‘डाइभर्सन गरेको पानी जहाँ गए पनि नेपालीले प्रतिफल पाउने हो ।’ सर्वोच्च अदालतले भने डाइभर्सनको काम अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।

शेरचनले संविधानले दिएको अधिकारभन्दा बाहिर कोही पनि नरहेको बताउनुहुँदै आफूले पनि त्यहीँभित्र बसेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले कसैले पनि संविधान नाघेर हिँड्ने अवस्था आउन दिन नहुने बताउँर्दै शान्ति र संवैधानिक तरिकाले प्रदेश चलाउने प्रतिबद्धता जनाए ।

Advertisement

गण्डकी प्रदेशको पूर्व प्रदेश प्रमुख समेत भएका शेरचनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले बर्खास्त गरेका थिए सो अवस्थाबारे स्मरण गर्नुहुँदै शेरचनले यति बेला पुनः आवश्यकताले आफूलाई लुम्बिनीमा पठाइएको जिकिर गरे ।
प्रदेश प्रमुख शेरचनलाई प्रदेश प्रमुख कार्यालयका कर्मचारीले स्वागत गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top