सरकार सञ्चालनका लागि संयुक्त संयन्त्र बनाउन माओवादी केन्द्रको प्रस्ताव

१४ साउन, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम,आचारसंहिता र संयुक्त संयन्त्र बनाउने प्रस्ताव गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले सत्ता गठबन्धनका तर्फबाट साझा कार्यक्रम र आचारसंहिता समेत बनाएर जानुपर्ने बताए ।

उनले भने ‘एउटा न्यूनतम साझा कार्यक्रम, न्यूनतम साझा आचारसंहिता र सरकार सञ्चालनका लागि एउटा संयुक्त संयन्त्र निर्माण गरेर चाँडोभन्दा चाँडो अगाडि बढौं । यतिखेर लोक(वाम प्रजातान्त्रिक एकताको एउटा माहोल बनेको छ। यसलाई अझ व्यवस्थित गरौं ।’

उनले २०७२ सालमा संविधान जारी भए लगत्तै अवलम्बन गर्नुपर्ने त्यो बाटो थियो भन्दै भने–‘कतै कमीहरु भए । नयाँ परिस्थिति आएको छ, फेरि एक पटक व्यवस्थित गरेर लैजानुपर्ने आवश्यकता छ ।’

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top