डा केसी आकस्मिक कक्षमा भर्ना

डा केसी आकस्मिक कक्षमा भर्ना

सुर्खेत, असार  २१

स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएपछि वरिष्ठ हाडजोर्नी चिकित्सक डा गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भर्ना गरिएको छ । पाँच दिनदेखि जुम्लामा अनशनरत डा केसीलाई प्रतिष्ठानको शिक्षण अस्पताल, जुम्लाको आकस्मिक कक्षमा बुधबार साँझ भर्ना गरिएको हो । स्वास्थ्य निकै गम्भीर अवस्थामा पुगेपछि एम्बुलेन्सबाट उनलाई अस्पतालमा पु¥याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा पूजन रोकायाले जानकारी दिए ।

“अनशनस्थल नै जोखिमपूर्ण भएको र उहाँको समस्या बल्झिन थालेपछि हामी अस्पताल लैजान बाध्य भयौँ,” डाइरेक्टर रोकायाले भने । डा केसीलाई अस्पताल पु¥याएसँगै सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापा र प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले उनीसंग भेट गरेका थिए। स्वास्थ्यजस्तो संवेदनशील कुरामा ध्यान दिएर डा केसीको उपचारका लागि कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी बुढ्थापाले बताए । यता डा विनोद अर्यालले एक्कासि डा केसीको मिर्गौला र छातीमा समस्या आएपछि उनलाई अस्पताल लैजानुको विकल्प नरहेको जनाए ।

डा अर्यालले भने, “निषेधाज्ञालाई तोडेर भएपनि उपचारार्थ डा केसीलाई प्रतिष्ठानमा पु¥याएका छौँ, आशा गरौँ स्वास्थ्यमा सुधार आउला ।” उनका अनुसार चिकित्सकको निरन्तर प्रयासले मात्र अस्पताल लान सम्भव भएको हो । नत्र डा केसीको जीवन झनै खतरायुक्त बन्दै जाने अवस्था रहेको उनको भनाइ थियो । उनलाई सघन उपचार कक्षमा राखिएको प्रतिष्ठानले जनाएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका उनले विभिन्न व्यवधानको बीच जुम्लाको विद्युत् लगायत कुनै सेवा नभएको कभर्डहलमा १५ औँ पटकको अनशन शनिबारदेखि शुरु गरेका थिए।

आइतबारदेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएपनि सरकारले मागको सुनुवाइ नगरुञ्जेल अनशन नतोड्ने अडान उनले राख्दै आएका छन्।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.