चौध घण्टाको पोखरा- नेपालगञ्ज यात्रा ३५ मिनेटमै गराउन पहल

१६ साउन ७८, आइतबार

१७ साउन, गण्डकी ।

पोखराबाट नेपालगञ्जसम्म सडक मार्गको यात्राका लागि न्यूनतम १४ घण्टा छुट्याउनुपर्छ, त्यो पनि कुनै अवरोध नभएका अवस्थामा । लामो समयदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान गर्ने चर्चा चलिरहेका बेलामा पोखरालाई आधार बनाएर बुद्ध एयरले आजदेखि पोखरा–नेपालगञ्जको सिधा हवाई उडान भर्न थालेको छ । हवाई उडानबाट ३५ मिनेटमै गन्तव्यमा पुग्न सकिन्छ ।

पहिलो चरणमा हप्तामा तीन दिन आइतबार, बुधबार र शुक्रबार तीनवटा उडान भर्ने योजनाका साथ आजदेखि उडान शुरु गरिएको उक्त संस्थाका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए ।

गत वैशाख १८ देखि नै पोखरा–नेपालगञ्ज सिधा उडान थाल्ने योजना बनाइए पनि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को असरले उक्त योजना सञ्चानमा ल्याउन कठिन भएकामा हाल हप्ताका निर्धारित तीन दिन बिहान ९।१० बजे नेपालगञ्जका लागि उडान हुनेछ । त्यस्तै नेपालगञ्जबाट १०।०० बजेको उडानबाट यात्रुहरू पोखरा आउन पाउनेछन् ।
प्रत्येक उडानका लागि टिकटदर सस्तोमा चार हजार ९३५ रुपैयाँ छ भने अधिकतम रू सात हजार ६३५ छ । त्यस्तै मध्यमदरको टिकट पाँच हजार ५३५ रुपैयाँको छ ।

हाल १८ सिट क्षमताका बीचक्राफ्ट १९००डी सिरिजका जहाजबाट पोखरा–नेपालगञ्ज उडान थालिएको जानकारी दिँदै उनले यात्रुको चापअनुसार उडान सङ्ख्याका साथै ठूला जहाजसमेत थप्न सकिने बताए । पर्यटकीय नगरी पोखराबाट हवाई उडानमार्फत ३५ मिनेटमा नेपालगञ्ज पुग्ने पर्यटक त्यहाँबाट नजिकै रहेको बर्दिया राष्ट्रिय निकुञ्ज,कर्णाली चिसापानी, रारालगायत स्थान पनि जानसक्ने भएकाले पर्यटन विकासमा समेत योगदान पुग्ने नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स९नाट्टा० गण्डकी प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

साविकको धवलागिरिका पर्वतलगायत स्थानबाट ठूलै सङ्ख्यामा नेपालगञ्जसहित बाँके, बर्दीयामा मानिस बसाइँ सरेका छन् । कास्कीकै तारकाङ, तप्राङलगायत स्थानबाट पनि उक्त क्षेत्रमा बसाइँ सर्नेको सङ्ख्या ठूलो छ । बसाइँ सरेर जानेहरूका साथै पर्यटकको रुपमा आवतजावत गर्न चाहनेहरूका कारण पोखरा–नेपालगञ्ज हवाई उडान गर्नेको सङ्ख्या बढ्ने विश्वास लिइएको स्टेशन म्यानेजर बरालले बताए ।

पोखरालाई आधार बनाएर नयाँ गन्तव्यमा उडान भर्दा यहाँको पर्यटन प्रवद्र्धनमा पनि उत्तिकै टेवा पुग्ने विश्वास लिइएको छ ।
प्रदेश सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न माग गरिरहेकामा काठमाडौँपछिको दास्रो पर्यटन केन्द्र बनाउने प्रयासमा यहाँका पर्यटन व्यवसायी लागिपरेका छन् ।

यसअघि अघिल्लो वर्ष फागुनमा नाट्टा गण्डकी प्रदेश र नेपालगञ्ज बाँके च्याप्टरको संयोजनमा सीता एयरको जहाज चाटर्ड गरी हप्तामा तीनवटासम्म उडान थालिएको थियो । लगभग दुई महिना चाटर्ड गरी उडान गरिए पनि पुनः कोरोनाको दोस्रो लहरका कारण उक्त योजनामा असर परेको नाट्टा गण्डकी प्रदेशका सदस्य एवं हवाई उपसमिति संयोजक सन्दिप श्रेष्ठले जानकारी दिए ।

बुद्धले नेपालगञ्जका साथै चाँडै नै विराटनगर र सिमरामा पनि उडान भर्ने तयारी गरेको छ । हाल पोखरा–काठमाडौँ दैनिक आठवटा उडान भरिरहेकामा पोखरा–भैरहवा दैनिक दुई र पोखरा–भरतपुर दैनिक एउटा उडान भरिरहेको छ ।

पोखरा र नेपालगञ्जबीचको उडानसँगै बर्दीया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी र रारासम्मको यात्रा गर्न भारतको लखनउ, कानपुर, दिल्लीसम्मका पर्यटकको चाप पोखरामा बढ्ने विश्वास लिइएको छ । यहाँका धार्मिक तथा पर्यटकीयस्थल विन्ध्यवासिनी, तालबाराही, नेपालगञ्जको बागेश्वरीलगायत तीर्थस्थल पुग्न चाहनेका लागि पनि यो उडान फलदायी बन्ने विश्वास लिइएको छ ।

कोरोनाका कारण भारतीय बोर्डर नखुल्दा आवतजावत रोकिए पनि अवस्था केही सहज भएसँगै भारतीय पर्यटकलाई पोखरा भित्र्याउन पनि यो उडान बहुउपयोगी बन्ने नाट्टा प्रदेश अध्यक्ष सिग्देलको भनाइ छ ।

पोखरालाई आधार बनाएर काठमाडौंँसहित विभिन्न शहरबाट हाल दैनिक एक हजार ५०० यात्रु हवाई उडानबाट आवतजावत गरिरहेको पोखरा विमानस्थल कार्यालयका प्रमुख विक्रम गौतमले बताए। कोरोना कहरअघि पोखराबाट दैनिक ३० नियमित उडान हुने गरेकामा अहिले भने १० उडान सञ्चालन भइरहेको उनले जानकारी दिए । यात्रुको स्वास्थ्य र सुरक्षालाई दृष्टिगत गरी स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गरिएको उल्लेख गर्दै उनले कोरोना कहर अघि पोखरालाई आधार बनाएर दैनिक पाँच हजारसम्म यात्रु हवाई उडानमार्फत आवतजावत गरिरहेको बताए ।

बासुदेव पौडेल/रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top