सातै प्रदेशका प्रमुखहरुलार्इ पदमुक्त !

सातै प्रदेशका प्रमुखहरुलार्इ पदमुक्त !

विराटनगर,असार २१
सरकारले सातवटै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्री परिषदको बैठकले सात वटै प्रदेशका प्रमुखहरुलाई पद मुक्त गर्ने निर्णय गरेको कानुन मन्त्री शेर बहादुर तामाङले जानकारी दिए ।

मन्त्री परिषद् बैठकले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले २०७४ भदौ १४ गतेपछि गरेका सबै राजनीतिक नियुक्तका निर्णयहरु बदर गर्ने निर्णय गरेसँगै सात वटै प्रदेशका प्रमुखहरु पद मुक्त भएका हुन् । कानुन मन्त्री तामाङले भन ‘प्रदेश प्रमुखहरु नियुक्त गर्ने देउवा देउवा सरकारको निर्णय पनि अब रद्ध भएको छ, उनीहरु पनि राजनीतिक नियुक्तीका थिए, अब नयाँ प्रदेश प्रमुखहरु नियुक्त हुनेछन्।’

माघ ३ गते बसेको शेर बहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो । देउवा सरकारले प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
(विकास न्युजबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.