प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापति नियुक्त

प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापति नियुक्त

१७ साउन, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका बालाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् ।

सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बालाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘‘ नेपाली सेनाका प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको तीन वर्षे पादवधि मिति २०७८÷५÷२४ गतेबाट समाप्त हुने भइ अनिवार्य अवकाश पाउने र नीत मिति २०७८÷४÷२५ गतेबाट घरबिदामा बस्नु हुने भएकाले हाल जेष्ठ्ताका क्रममा रहेका ब्य। नं। १३५३ बालाधिकृत रथी श्री पर्शुराम शर्मालाई सैनिक ऐन,२०६३ को दफा (३) अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८÷४÷१२ गतेको निर्णबाट सिफारिस भए बमोजिम मिति २०७८र४र६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति तोक्नु भएको छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.